सुनको मूल्य बढ्यो

काठमाडौं। बुधबार सुनको मूल्य तोलामा तीन सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबार प्रतितोला मूल्य १ लाख ६८ हजार ५ सय रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन १ लाख ६८ हजार २ सय रुपैयाँ थियो । त्यसअघि कात्तिक १५ गते सुनको भाउ हालसम्मकै उच्च प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो ।

चाँदीको मूल्य भने बुधबार तोलामा १५ रुपैयाँ घटेको छ । अघिल्लो दिन तोलाको २०३० रुपैयाँ रहेको चाँदी यस दिन २०१५ रुपैयाँ तोकिएको छ ।

तपाईको प्रतिक्रिया