प्रविधिको प्रयोगले कामदारको पूर्ती,लागत घट्यो

तानसेन। पछिल्लो समय गाउँमा खेती गर्नका लागि युवा शक्तीको कमीले उत्पन्न समस्यालाई प्रविधिको प्रयोगले सहज बनाएको छ । पहाडी क्षेत्रमा बसाइँसराईको समस्याले कामदार अभाव हुँदा आिधुनिक यन्त्र उपकरणको सहयताले कृषि गर्नेको संख्यामा वृद्धि भएको हो ।

युवा जनशक्ति नहुँदा बाली लगाउन र स्याहार गर्न समस्या बढ्दै आएको अवस्थामा ठेसर प्रविधिको प्रयोग निकै महत्वपूर्ण भएको किसानरुले बताएका छन् ।

अहिले गाउँहरुमा खनजोत गर्न धान पराल थनक्याउन मानव जनशक्तिको सट्टामा आधुनिक यन्त्र उपकरणको प्रयोग बढेको छ । गाउँमा युवशक्ति नभएको समयका कृषि प्रविधिको प्रयोगले सुविधा पुगेको किसानहरुले बताएका छन् ।

सरकारले कृषि क्षेत्रमा लगानी बढाइ रहेका बेला जनशक्तिको पूर्तीका लागि साथै प्रविधिको प्रयोगले गर्दा लगानीसमेत घटाएको किसानको भनुभव छ । पछिल्लो समय धान काट्न, धान र पराल छुट्याउन र थन्क्याउन कृषि प्रविधिको प्रयोग बढ्दा किसान उत्साहित भएका छन् ।

धान काट्ने मेसिन, थ्रेसर, ट्याक्टर धान पराल स्याहार्नका लागि प्रयोग बढ्दै गएको हो । कृषि क्षेत्रमा प्रविधिको प्रयोग बढाउन तीनै तहका सरकारले अनुदान समेत दिएका छन् ।

कृषिमा प्रविधिको प्रयोग बढेसंगै लागत घटेको कृषि ज्ञान केन्द्र पाल्पाका प्रमुख सन्तोष चौधरीले बताए।

तपाईको प्रतिक्रिया