तानसेन। पाल्पामा दोस्रो सुन्तला महोत्सव सुरु भएको छ । रिब्दीकोट र रैनादेवी छहरा गाउँपालिकाको संयुक्त आयोजनामा रैनादेवी छहरा ५ को कटौजेपानीमा दोस्रो सुन्तला महोत्सव सुरु भएको हो।
आइतबारसम्म चल्ने दुई दिने सुन्तला महोत्सवको उद्घाटन गर्दै लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरेले पश्चिम क्षेत्रका दुई पालिकाले गरेको संयुक्त आयोजनाको महोत्सव राम्रो कामको थालनी भएको बताए।
अग्रजहरुले सुरु गरेको सुन्ताल खेतीले अहिले आम्दानीको मुख्य स्रोत बन्न सकेकोमा स्थानीय पालिका र किसानको सहकार्यलाई धन्यवाद ज्ञापन गरे । उनले रिब्दीकोट र रैनादेवी छहरा गरी करिब १७ सय किसान सुन्तला खेतीमा आबद्ध रहेको हुँदा सुन्तलाबाट मनग्य आम्दानी गर्न सकेको बताए । उनले वार्षिक ३० करोड बढीको सुन्ताल निर्यात हुने दुई पालिकामा किसानका समस्या समाधान गरी थप व्यवसायिक र विविधिकरणकालागि पहल गर्नुपर्ने बताए।
महोत्सवमा संविधानसभा सदस्य लिला सोमै, लुम्बिनी प्रदेश सभा सदस्य वीरबहादुर राना र रामजी घिमिरे, प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदी, नेपाली काँग्रेसका जिल्ला सभापति हिमालदत्त श्रेष्ठ, नेकपा माओवादीका जिल्ला संयोजक राजेन्द्र विश्वकर्मा, रास्वपाका कार्यवाहक अध्यक्ष सुमन गैरे, राप्रपाका जिल्ला अध्यक्ष डुल बहादुर कुवँर, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष विशाल दर्लामीलगायतले सुन्तला खेतीलाई व्यवसायिक बनाएर विधिकरण रबजारीकराण्का लागि तीनै तहका सरकारले पहल गर्नुपर्ने उल्लेख गरे ।
महोत्सवमा ३० वटा स्टलमार्फत सुन्तलाको विक्री वितरण, विविधिकरण गरिएका सामग्रीको प्रर्दशन, मोटो परीक्षण तथा रोगकिराको उपचार, कृषि सामग्रीको प्रर्दशनी गरी जिल्लास्थित कृषिसंग सरोकार राख्ने कार्यालयका विज्ञहरुले जानकारीसमेत दिएका थिए ।