आज पाल्पाका दुई पालिकामा बिदा

तानसेन। पाल्पाका दुई पालिकाले आज स्थानीय बिदा दिएका छन् । जिल्लाको रिब्दीकोट र रैनादेवी छहरा गाउँपालिकाले संयुक्त रुपमा आयोजना गरेको दोस्रो सुन्तला महोत्सव सफल पार्नका लागि दुवै पालिकाले स्थानीय बिदा दिने निर्णय गरेका हुन् ।

दुई गाउँपालिकाका अध्यक्ष प्रमुख प्रशासकिय अधिकृतसहित सुन्तला महोत्सव मुल आयोजक समितिको भेलाले मंसिर २३ गते स्थानीय बिदा दिने निर्णय गरेको हो ।

रिब्दीकोट गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत लेखनाथ पोखरेलकाअनुसार सुन्तला महोत्सवमा सबैको सहभागिता बढाउन बिदा दिने निर्णय भएको हो ।

कृषकबाट उत्पादित सुन्तलाको प्रवर्द्धनमा सहयोग गर्ने विश्वासका साथ आयोजना गरिएको महोत्सव आज समापन हुँदैछ । स्थानीय कृषकको स्टलमार्फत बिक्री, विविधिकणसंगै पाल्पाको सुन्तलालाई देशव्यापरी प्रचार गर्नका लागि जवबादी गायक जीवन शर्मासहितका कलाकारको प्रस्तुतीसमेत महोत्सवमा राखिएको छ ।

महोत्सवले सुन्तलाको उत्पादन, बजार प्रवर्द्धन, सुन्तलाबाट बन्ने परिकारका साथै बगैँचा व्यवस्थापनमा समेत सीप र ज्ञानको विकास हुने अयेक्षा आयोजकले राखेका छन् । दुई पालिकाबाट मात्रै वार्षिक ३० करोड बढीको सुन्तला निर्यात हुँदै आएको छ ।

तपाईको प्रतिक्रिया