पाल्पा। नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाला सुन प्रतितोला चार सय रुपियाँले घटेर एक लाख ४९ हजार सात सय रुपियाँमा बारो बार भइरहेको छ ।
गत शुक्रबार सुनको मूल्य प्रतितोला एक लाख ५० हजार एक सय रुपियाँमा बारोबार भएको थियो । यस्तै आइतबार चाँदीमा पनि प्रतितोला २५ रुपियाँले घटेर एक हजार ८६५ रुपियाँमा बारोकार भइरहेको महासंघले जनाएको छ ।
शुक्रबार चाँदीको मूल्य एक हजार ८९० रुपियाँ रहेको थियो ।