तानसेन। बगनासकाली गाउापालिकामा विपद् व्यवस्थापन सम्बन्धि आधारभूत तालिम शुरु भएको छ । बगनासकाली गाउँपालिकाको स्थानीय स्काउट समितिको आयोजनामा दुई दिने तालिम सुरु भएको हो ।
तालिममा बगनासकाली गाउँपालिकाभित्रका स्थानीय स्काउट समितिका आयुक्तहरू, शिक्षक लगायत स्काउटमा आवद्ध सरोकारवाला व्यक्तिहरूको सहभागिता रहेको छ । पहिलो दिन शसस्त्र प्रहरी वल ५ नं. गुल्म हेड क्वाटरका गुल्मपति श्याम सँगती महर्जनसहितको टोलीले तालिममा सहजीकरण गरेको छ ।
तालिमको सुभारम्भ गर्दै पाल्पा क्षेत्र नं. २ का सांसद ठाकुर गैरेले तालिमपश्चात् तयार हुने जनशक्तिले सम्भावित विपद् व्यवस्थापनको क्षेत्रमा आफ्नो सीपको प्रयोग गर्न सक्नुपर्ने बताए। उनले विपद्का बेला तत्काल उद्धार, उपचार र क्षतिपूर्तिको व्यवस्थापनमा आधारभूत तालिमले महत्त्वपूर्ण अर्थ राख्ने बताए । तालिमबाट प्राप्त गरेका ज्ञान, सीप र दक्षतालाई आ–आफ्नो कार्यक्षेत्रमा जिम्मेवारीपूर्वक त्रुटीरहित ढंगबाट कार्यसम्पादन गर्न पनि उनले आग्रह गरे ।
उनले विपद् व्यवस्थाका लागि आवश्य पूर्वतयारीका लागि आवश्यक सामग्रीको उपलब्धता र त्यसको सही प्रयोग गर्नका लागि तालिम प्राप्त जनशक्तिको भूमिका महत्वपूर्ण हुने बताउँदै शिक्षक तथा अन्य कर्मचारीले सिकेका कुरा व्यवहारमा उर्तान र अन्यलाई पनि जानकारी दिनुपर्ने बताए ।
गाउँपालिकाकी अध्यक्ष सरस्वती दर्लामी चिदीले पाँच वर्ष पहिले ९ वटौ वडाका ३ जनाको दरले तालिम दिएको बताउँदै प्राथमिकता उपचार र लागि शिक्षकलाई तालिम दिएर अब विपद् प्रर्तिकार्यको लागि पालिकाले योजना अघि सारेको बताइन् । उनले विपद्ले हुने क्षति न्यूनीकरण गर्न सजिलो होस भन्ने उद्देश्यले आयोजित तालिमले आगामी वर्षमा कम क्षति र धेरै सचेतना फैलिने विश्वास व्यक्त गरिन्। उनले दमकल र एम्बुलेन्स थप्ने योजना पनि पालिकाले गरेको बताइन् ।
गाउापालिका उपाध्यक्ष हरिप्रसाद पाठकले स्काउट नीति, सिद्धान्त कार्यक्रमको महत्त्वको अभ्यासका साथ स्थानीय स्काउट समितिले काम गरेको बताउँदै पालिका भित्रका सबै विद्यालयमा स्थानीय स्काउट समिति गठनसँगै सक्रियता बढेको बताए । उनले स्थानीय स्तरमा स्काउटको महत्त्व बढ्दै गएको बताउादै तालिमले थप जिम्मेवारी थपिएको र पालिका विपद् प्रतिकार्यमा सक्षम बन्ने विश्वास व्यक्त गरे ।
स्थानीय स्काउट समितिको प्रमुख आयुक्त दयाराज न्यौपानेको अध्यक्षता, शिक्षा शाखा प्रमुख गुनाराम खनालको स्वागत र स्थानीय स्काउट समितिका आयुक्त ओमप्रकाश न्यौपानेको सञ्चालनमा कार्यक्रम चलेको थियो । साेही बखत जनगायक जीवन शर्माले जनवादी गीतहरू प्रस्तुत पनि गरेका थिए ।