एचआईभी संक्रमण रोकथामका लागि प्रेप सेवा

तानसेन। पाल्पामा एचआइभी संक्रमणको जोखिम कम गर्न सुरु भएको प्रेप सेवा लिनेको संख्या १० पुगेको छ । नेपाल परिवार नियोजन संघ पाल्पा शाखाले प्रेप सेवा सुरु गरेपछि सेवा लिनेको संख्या बढेको हो।

समुदायस्तरमा सचेतना र यो सेवाका फाइदाबारे जनकारी पुगेपछि सेवा विस्तार भएको दुई महिनामै सेवाग्राहीको संख्या बढेको हो। यो सेवाका बारेमा जानकारी भएसंगै प्रत्यक्ष सेवा लिनेको संख्या बढेको र सेवा लिनका लागि सम्पर्कमा आउनेको संख्या बढ्दो क्रममा रहेको नेपाल परिवार नियोजनसंघ पाल्पा शाखाका प्रबन्धक सोवाकान्त न्यौपानेले जानकारी दिए।

एचआइभी संक्रमण रोकथामका लागि गरिने उपचार विधि सम्बन्धमा जिल्लाका सरोकारवाला निकाय बिच सचेतीकरण कार्यक्रम समेत गरिएको छ ।एचआइभी संक्रमणको उच्च जोखिममा रहेका जोकोही व्यक्तिले पनि प्रेप सेवा लिन सक्ने जानकारी समुदायमा पुर्याउनका लागि दुई दिने सचेतीकरण कार्याक्रम गरेर सारेकारवाला निकायमार्फत समुदायमा जानकारी पुर्याने प्रयास गरिएको प्रबन्धक न्यौपानेले बताए ।

एचआइभी संक्रमणबाट बच्नका लागि प्रभावकारी र सरल उपचार विधि संघबाट निःशुल्क उपलब्ध भएको जानकारी गराउर्दै एचआइभी संक्रमणको जोखिमपूर्ण व्यवहारमा रहेका व्यक्तिहरु सेवाका लागि सम्पर्कमा आउन सक्नेछन् ।

प्रेपको नियमित रूपमा सेवन गर्दा ९९ प्रतिशत संक्रमित हुने सम्भावना कम हुने विश्वास रहेको छ । पाल्पा अहिले पनि करिब तीन सय ५६ बढी एचआइभी संक्रमित रहेकोमा अधिकांशले औषधि सेवन गर्ने गरेको र ती संक्रमितको सम्पर्कमा रहेको व्यक्तिहरुलाई सेवा लिने वातावरण बनाउन सरोकरवालाले जोड दिएका छन् ।

प्रेप एक प्रकारको औषधि हो । यो दैनिक रुपमा एक गोली सेवन गर्नुपर्छ । प्रेप केवल एचआइभी संक्रमणको सुरक्षाका लागि मात्र हुने भएकोले अन्य यौनजन्य रोगबाट बच्न नसकिने स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

तपाईको प्रतिक्रिया