
पाल्पा । माथागढी गाउँपालिका १ चिदीपानीमा बाल अधिकारका सवाललाई स्थानीय तहको नीति, योजना, संरचना, प्रणाली र कार्य प्रक्रियामा संस्थागत गर्दै बालमैत्री स्थानीय शासनू निर्माण गर्ने उद्देश्यले एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा वडा अध्यक्ष राजकुमार पन्थीले बालमैत्री गाउँपालिका निर्माण गर्ने अभियानमा माथागढी गाउँपालिका निरन्तर लागि परेको बताए । कार्यक्रमका क्रममा बाल बचाउ, बाल संरक्षण, बाल विकास र बाल सहभागिता जस्ता विषयलाई प्राथमिकताका साथ छलफल गरिएको थियो।
कार्यक्रममा कार्यपालिका सदस्य तुल्सा न्यौपाने, वडा सदस्यहरु डुकुल बहादुर गाहा, टोल बहादुर मश्राङ्गी, लिला कुमारी बिक, शिक्षा शाखा संयोजक प्रकास पाठक, राजनीतिक दलका प्रतिनिधि, विभिन्न विद्यालयका अध्यक्ष तथा प्रधानाध्यापक, युवा क्लबका अध्यक्ष, संघसंस्थाका प्रतिनिधि, आमा समूहका अध्यक्ष, सामुदायिक महिला स्वयंसेविकाहरू, बालबालिका, समाजसेवी तथा बुद्धिजीवीहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा प्रशिक्षकको रूपमा सौभाग्य माविका प्रअ तथा शिक्षा समिति सदस्य कृष्णप्रसाद खनाल र चिदीपानी स्वास्थ्य चौकी प्रमुख ध्रुव सुनारले अभिमुखीकरण गर्नुभएको थियो।
भेलाले वडा स्तरीय निर्देशन अनुरूप समिति गठन गर्ने निर्णय गरेको छ। साथै, टोलस्तरका भेला गरी बाल क्लब निर्माण, बाल अधिकारका सूचकहरू पूरा गर्ने र बालविवाहजस्ता सामाजिक विकृतिहरूलाई अन्त्य गर्न सामूहिक रूपमा प्रतिबद्धता जनाएको छ। यस अभियानले २०८२ साल चैत मसान्तसम्म माथागढी गाउँपालिका १ लाई बालमैत्री वडा घोषणा गर्ने लक्ष्य राखेको छ।
कार्यक्रम वडा अध्यक्ष राजकुमार पन्थीको अध्यक्षतामा, वडा सदस्य लिला कुमारी बिकको स्वागत मन्तव्य र सचिव राजु ज्ञवालीको सञ्चालनमा सम्पन्न भएको हो।
बालमैत्री समाज निर्माण गर्ने उद्देश्यसहित यो अभियानले स्थानीय सरकार, विद्यालय, संघसंस्था, युवा क्लब, र आमा समूहहरूको सामूहिक प्रयासमा आधारित निर्णयहरू अघि बढाएको छ।