पहिलो पाइलाले गर्यो पाल्पाका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

तानसेन। पहिलो पाइला नेपाल तानसेन शाखाले रैनादेवी छहराका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ । रैनादेवी छहरा गाउँपालिका वडा नंं ३ भुवनपोखरीको पेलाबासको श्री जनजागृती आधारभूत विद्यालयका ९० जना विद्यार्थीलाई एक कार्यक्रमबाबीच शैक्षिक सामग्री वितरण गरिएको हो ।

‘जहाँ दुख्छ, त्यहाँ पहिलो पाइला पुग्छ ‘भन्ने नाराका साथ, शिक्षा अभियानअन्तर्गत भाग्य बोक्ने झोला र विभिन्न शैक्षिक सामग्री प्रदान गरिएको उक्त संस्थाले जनाएको छ ।

झोला वितरण गर्दै रैनादेवी छहरा गाउँपालिकाका उपाध्यक्ष युवराज थापाले पहिलो पाइलाले गरेको कार्यको विद्यार्थीको शैक्षिक उन्न्तिका लागि टेवा पुग्ने बताए । उनले सानो सहयोगबाट बालबालिको शैक्षिक सुधार गर्न सहयोग गरेकोमा संस्थालाई धन्यवाद दिदैँ आउदा दिनहरुम पहि स्थानीय सरकारसंग सहकार्य गरेर कार्य गर्न सुझाव दिए ।

कार्यक्रममा वडा नं. ३ का वडाध्यक्ष प्रदीप पौडेलले आफ्नै वडाको द्यिालय छनौट गरी झोला र शैक्ष्ँिक सामग्री सहयोग गरेकोमा संस्थालाई धन्यवाद दिए । उनले शिक्षा क्षेत्रको सुधारका लागि सहयोगी हातहरुले गरेको सहयोलाई अभिभावले पनि सशी सदुपयोग र बालबालिकाको पठनपाठनमा सहयोग गर्न आग्रह गरे।

संस्थाका अध्यक्ष अमर बहादुर सुनारी मगरको अध्यक्षता भएको कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधि, शैक्षिक क्षेत्रमा चासो राख्ने व्यक्तिहरु, समाजसेवी, बुद्धिजीवी, र अभिभावकहरूको उपस्थिति रहेको थियो ।

सो बखत अध्यक्ष सुनारीले विद्यार्थीहरूको शैक्षिक यात्रामा सहजीकरण गर्न, शिक्षा र सहयोगको महत्त्वबारे स्थानीयहरूलाई प्रेरित गर्ने उद्देश्यले सामग्री वितरणको कार्यक्रम आयोजना गरिएको बताए। यस्तै कार्यक्रका सहभागीहरुले पहलले स्थानीय विद्यार्थीहरूलाई ठूलो हौसला र प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका थिए ।

तपाईको प्रतिक्रिया