
तानसेन। ज्ञानेन्द्र अटो वर्क्स तानसेनले विद्यार्थीका लागि न्यानो कपडा वितरण गरेको छ । यामाहा कम्पनीको मोटरसाइकल र स्कुटर बेच्दै आएको वर्क्सले सामाजिक उत्तरदायित्व अन्तर्गत तानसेन नगरपालिका–१२ को सार्वजनिक प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको हो ।
चिसो बढ्दै गएपछि ग्रामीण बस्तीका विद्यालय सहयोग होस् भन्ने उद्देश्यले ५० जना बालबालिकालाई विद्यालयमै पुगेर न्यानो कपडा वितरण गरेको वर्क्सका व्यवस्थापक विवेककाजी शाक्ले जानकारी दिए ।
न्यानो कपडा वितरण गर्दै वडा अध्यक्ष मेजर सिं केसीले सामाजिक उत्तरदायित्वका कार्यक्रममार्फत समुदायिक विद्यालयका बालबालिकालाई चिसो मौसममा सुरक्षा प्रदान भएको बताए । उनले ज्ञानेन्द्र अटोवर्कले गरेको सहयोगबाट चिसोले पढाइ प्रभावित हुन नदिने, चिसोका कारण लाग्ने रोगबाट बच्न सकिने हुँदा विद्यार्थीको पठन कार्यालाई सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा वर्क्सका डाइरेक्टर विरेन्द्रकाजी शाक्यले विगतदेखि नै आफुहरुले विपन्न, दृष्टिविहीन जस्ता असक्त विद्यार्थीहरुका लागि सहयोग गर्दै आएको र आगामी दिनमा समेत निरन्तरता दिर्दै जाने बताए।
ज्ञानेन्द्र अटो वर्क्सले प्रत्येक वर्ष सामाजिक उत्तरदायित्व भावना अनुरूपमा भौगोलिक हिसाबले विकटता रहेको व्यक्ति, संघ सस्थामा पुगी सामाजिक कार्य गर्दै आएको जनाएको छ ।
कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र नेपालले विद्यार्थीहरुप्रति वर्क्सले देखाएको सहयोग र सद्भाव प्रशंसनिय रहेको भन्दै धन्यवाद दिए। न्यानो कपडा पाइपछि उत्साहित बनेका विद्यार्थीहरुले जाडोका कारण घर नबसी नियमित विद्यालय जाने बताएका छन्।