
तानसेन। पाल्पामा क्रियाशील पत्रकार माधवप्रसाद अर्याल नगदसहित पुरस्कृत भएका छन् । मुक्तिनाथ विकास बैंकले स्थापनाको १८औं वर्ष पूरा गरी १९ औं वर्षमा प्रवेश गरेको अवसरमा कान्तिपुर मिडिया गु्रपमा आवद्ध पत्रकार अर्याललाई पुरस्कृत भएका हुन् ।
अर्याललाई १५ हजार नगदसहित प्रमाणपत्रले पुस्कृत गरेको मुक्तिनाथ विकास बैंकले जनाएको छ । बैंकले कृषि क्षेत्रमा खोज अनुसन्धान गरी लेख तथा समाचार प्रकाशित गर्ने पत्रकारहरूबाट पुरस्कारका लागि आवेदन आह्वान गरेको थियो ।
देशभरबाट आवेदन आह्वान गरी अर्यालसहित तीन जना पत्रकारलाई मुक्तिनाथ उत्कृष्ट कृषि पत्रकारिता पुरस्कार प्रदान गरिएको हो ।
अर्याल दुई दशकदेखि पत्रकारितामा निरन्तर सक्रिय छन् ।