
तानसेन। प्रेस चौतारी नेपाल पाल्पा शाखाले आठ जना पत्रकारलाई पुरस्कृत गरेको छ । चौतारीद्धारा स्थापित विभिन्न पुरस्कारको एक कार्यक्रमबीच नगदसहित पुरस्कृत गरिएको हो ।
पुरस्कृत हुनेहरुमामा प्रतिक्षा स्मृति पत्रकारिता पुरस्कारुबाट कृष्णप्रसाद पोखरेल, भद्रबहादुर स्मृति पत्रकारिता पुरस्कारुबाट नारायण न्यौपाने, तुलसा तुलबहादुर स्मृति पत्रकारिता पुरस्कारुबाट भुवन रायमाझी पुरस्कृत भएका छन् ।
यस्तै सितादेवी स्मृति पर्यटन पत्रकारिता पुरस्कारुबाट विजय वौडेल, गीता स्मृति पत्रकारिता पुरस्कारुबाट दयाराज न्यौपाने, रेडियो पत्रकारिता पुरस्कारुबाट गुणवती केसी, ुशेष कुमारी लोककुमारी पत्रकारिता पुरस्कारुबाट खेमराज पाण्डे र पुतली देवी रुपनारायण स्मृति पत्रकारिता पुरस्कारुबाट शोभाकान्त पाठक पुरस्कृत भएका हुन्।
पुरस्कृत पत्रकारहरुलाई लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेम सारु, प्रेस चौतारीका लुम्बिनी प्रदेश इन्चार्ज प्रदीप आचार्य, प्रेस चौतारी पाल्पाका अध्यक्ष कृष्ण कार्की, सम्बन्धित पुरस्कारदाताले नगद र प्रमाणपत्र प्रदान गरेका थिए ।
चौतारीलाई संस्थागत रुपमा सहयोग गरेकोमा तानसेन नगरपालिकाका पूर्वनगर नगर प्रमुख अशोककुमार शाही, पूर्वखोला गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापा र रम्भा गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीलाई पनि सम्मान गरेको छ । यसैगरी पत्रकार महासंघमा निर्वाचित पदाधिकारी तथा सदस्य र प्रदेशमा प्रतिनिधित्व गर्नेहरुलाई पनि चौतारीले सोही बखत सम्मान गरेको थियो ।