
बुटवल। लुम्बिनी प्रदेश सरकारले माघ २ गते प्रदेशभर सार्वजनिक विदा दिने निर्णय गरेको छ । माघे संक्रान्ति तथा माघ पर्वको अवसर पारेर प्रदेश सरकारले हरेक वर्ष जस्तै यो वर्ष पनि सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
माघे संक्रान्ति तथा माघ पर्वलाई मध्यनजर गर्दै माघ २ गते प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानून मन्त्रालयका वरिष्ठ शाखा अधिकृत गंगाधर पाण्डेले जानकारी दिए।
लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्को २०८० चैत २० गते बसेको बैठकले माघे संक्रान्ति तथा माघ पर्वको अवसरमा सार्वजनिक बिदा निर्णय गरेको थियो ।
हेर्नुहोस् बिदा दिने निर्णयसहितको सूचनाः