रिडी मेलामा निःशुल्क चिया वितरण

तानसेन। नेपाल रेडक्रस सोसाइटी श्रीनगर युवा रेडक्रस सर्कल पाल्पाले रिडीको मेलामा निः शुल्क चिया वितरण गरेको छ । विगतका वर्षमा जस्तै यो वर्ष पनि माघे संक्रान्तिको अवसरमा रुरु क्षेत्रमा उपस्थित भएका भक्तजनका लागि निःशुल्क चिया वितरण गरिएको हो ।

म सेवा गर्छु” भन्ने उद्देश्य अनुसार देशका विभिन्न जिल्लाबाट रुरु क्षेत्रधाम रिडीमा कालीगण्डकी स्नान गरी ऋषिकेशको दर्शन गर्ने भक्तजनका लागि निः शुल्क चिया वितरण गरिएको शाखाले जनाएको छ ।

निः शुल्क रुपमा चियासंगै प्राथमिक उपचारका लागि पनि शाखाले सहयोग गरेको जनाएको छ । शाखाकी सदस्य उत्सवी ढकालका अनुसार मेलामा भक्तजनका लागि करिब पाँच सय कप चिया वितरण गरिएको हो।

केही भक्तजनले सहयाृग स्वारुप दान प्रदान गरेपनि संस्थाले निःशुल्क रुपमा सेवा स्वरुप चिया र प्राथमिक उपचारका सामग्री उपलब्ध गराएको जनाएको छ ।

तपाईको प्रतिक्रिया