रैनादेवी छहराकाे पाँचौ अध्यक्ष कप भलिबल प्रतियोगिता सुरु

पाल्पा । रैनादेवी छहरा गाउँपालिकामा पाँचौ अध्यक्ष कप भलिबल प्रतियोगिता कटौजेपानीमा सुरु भएको छ ।

खेलकुदको विकास र स्थानीय युवाहरुलाई खेलप्रति आकर्षित गराउने उद्देश्यले यो प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगीता माघ ८ गतेसम्म संचालन हुने छ । प्रतियोगीतामा रैनादेवी छहरा गाउँपालिकाभित्रका प्रत्येक वडाबाट पुरुष भलिबलका लागि ८ टीम र महिला भलिबलतर्फ ६ टीमको सहभागिता रहेको छ ।

प्रतियोगीतामा रैनादेवी छहरा गाउँपालिका अध्यक्ष रुक्मागंत भट्टराईले खेलकुद मात्र मनोरञ्जनको माध्यम नभएर स्वास्थ्य, अनुशासन, र सामाजिक एकताका लागि महत्वपूर्ण हुने बताए । गाउँपालिका अध्यक्ष भट्टराईले भने “गाउँपालिकाको पहलमा आयोजना गरिएको यो प्रतियोगिता युवा सशक्तीकरण र खेलकुदको प्रवद्र्धनमा ठोस कदम हो । भविष्यमा अझ धेरै खेल गतिविधिहरु गर्न प्रयास गर्नेछौं । ”

रैनादेवी छहरा गाउँपालिका उपाध्यक्ष युवराज थापाले भने, “खेलकुदले समाजलाई एकताबद्ध बनाउने काम गर्दछ ।  प्रतियोगिताले नयाँ प्रतिभाहरुलाई बाहिर ल्याउन सहयोग गर्नेछ। ”

विजयी टीमलाई मेडल, नगर र सम्मानपत्रले सम्मान गर्ने कार्यक्रम रहेको रैनादेवी छहरा गाउँपालिकाका खेल संयोजक नारायण कार्कीले बताए ।

तपाईको प्रतिक्रिया