
तानसेन। ६३ औं नर्सिङ दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइएको छ । नेपाल नर्सिङ संघ पाल्पा शाखाले पनि एक कार्यक्रमको आयोजना गरी दिवस मनाएको छ।
“आजको आवश्यकता नर्सलाई सुरक्षित र सम्मानजनक कार्य व्यवस्था” भन्ने मूल नाराका समथ दिवस मनाइएको हो। दिवसको अवसरमा भएको आयोजित अन्तरक्रियामा नर्स र नर्सिङ पेशाको विषयमा छलफल गरिएको थियो ।
नर्सिङ पेशालाई मर्यादित बनाउन र नर्सहरुले पनि मानवीय समवेदना, स्वास्थ्य हेरचाह लगायतका कुरामा ध्यान दिएर बिरामीको सेवामा खट्नुपर्ने कार्यक्रमका सहभागीले बताएका थिए ।
कार्यक्रममा तानसेन नर्सिङ स्कुलकी प्रमुख डा. सकुन्तला थान्जुले नर्सको समस्या संघले बारे बोल्नुपर्ने बताउँदै थोरै तलवमा धेरै काम गर्नुपर्ने हुँदा नर्सहरु मानसिक र आर्थिक रुपमा सुरक्षित गराउन सबै निकायले पहल गर्नुपर्ने बताइन। उनले २४ घन्टा नै सेवामा खटिने नर्सको उचित सम्मानसहित यो पेशालाई मर्यादित बनाउन संघ र सरकारले ध्यान दिनुपर्नेमा उनले जोड दिइन् ।
युनाइटेड मिसन अस्पतालकी प्रमुख डा. रचेल कारखले स्वदेशमा नर्सहरुलाई राम्रो रोजगारीको व्यवस्था नहुँदा विदेशिनु परेको बताउँदै सकभर देशमै सम्मनजनक तरिकारले सेवा गर्ने व्यवस्था बन्नुपर्ने बताइन् ।
कार्यक्रममा विभिन्न स्वास्थ्य संस्थामा नर्सिङ पेशामा आवद्ध भएका सुश्मा मानव, चन्द्रा चलाउने, गङगा जिरेललयातले दिवसको अवसरमा शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा नर्सिङ पेशा र संघमा रहेर विभिन्न सहयोग गरेका सदस्यहरुलाई सम्मान समेत गरिएको थियो ।
स्वास्थ्य कार्यालय पाल्पाकी पब्लिक हेल्थ नर्स शान्ति भण्डारीको स्वागत। संघका सचिव बेन्जु शाक्य तथा सहसचिव अन्जना बेल्बासेको सञ्चालन र संघकी अध्यक्ष लक्ष्मी जिसिको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।
संघले आजै अधिवेशन गरी नयाँ कार्यसमिति चयन गर्ने पनि बताइएको छ।