
तानसेन।रिब्दीकोट गाउँपालिकाको १६ औं गाउँसभाले तीन वटा कार्यविधि पारित गरेको छ । मंगलबार सम्पन्न गाउँसभाको तेस्रो बैठकले तीन वटा कार्यविधि पारित गरेको हो। गाउँसभाले वन व्यवस्थापन कार्यविधि, मठ मन्दिर व्यवस्थापन कार्यविधि र स्थानीय मदिराजन्य पेय पदार्थ ब्रान्डिङ्ग तथा व्यवस्थापन कार्यविधि २०८१ पारित गरेको सभाका अध्यक्ष एवं गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले बताए ।
बैठकमा अध्यक्ष कार्कीले पालिकाले चालु आर्थिक वर्षको हालसम्म पारित गरेका प्रगति विवरण प्रस्तुत गरेका थिए । बैठकमा वडा नंं ६ ले चालु आर्थिक वर्षमा अन्य वडाको तुलनामा धेरै कार्य सम्पादन गरेकोमा सम्मानित गरिएको छ ।
चालु आर्थिक वर्षको हालसम्म ९६ प्रतिशत योजनाको कार्य सम्पन्न गरेपछि उत्कृष्ट बनेर पाँच लाख बराबराको नयाँ योजनाले सम्मानित गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणीप्रसाद खनालले बताए ।