बर्तुङमा बटुकको व्यापार : मिठासको पहिचान

पाल्पा । उमेर ७० वर्ष, कपाल आधा सेतो, आधा कालो, अनुहारमा चाउरीपन, वृद्ध शरीर आराम गर्नुपर्ने बेला हो तर, बढेशकालमा पनि युवाहरूको जस्तो जोश जागर छ- तानसेन नगरपालिका-६ बर्तुङगका मोतीराम चिदी ।

पोखरा बुटवल सडक खण्डको तानसेन-६ बर्तुङगमा बसोबास गर्दै आएका चिदी बिहानदेखि बेलुकासम्म बटुक(बारा)उत्पादनमा नै खट्ने मेहनतले सफलता हाता पार्न सजिलो भयो । विगत साढे ३ दशक देखि बटुक व्यवसायलाई निरन्तरता दिँदै आएकोले परिवारका आधारभूत आवश्यकताहरु सहज रुपमा पूर्ति गर्न थालेको चिदी दावी छ । पहिला परिवारका आवश्यकता पूरा गर्न अरुसँग सापटी माग्नुपर्ने बाध्यता रहेकोमा अहिले यो व्यवसाय गरेपछि परनिर्भरता हटेको हो ।

आफ्नो दयनीय अवस्थालाई निरन्तरताको प्रतिफल स्वरूप सम्पन्न जीवन प्राप्त गरेको र यस व्यापारबाट सन्तुष्टि भएको चिदी बताउँछन् । “युवा अवस्थादेखि नै हालसम्म बटुक व्यवसायबाटै आफ्ना दैनिक गुजारा चलाउँदै आएको पहिला घरैबाट टोकरीमा बटुक बेच्दै हिँड्थे, पहिला पहिला सन्तान सानै थिए ।

अहिले नातिनातिना पनि ठूला भइसके तर व्यापार छोड्न सकिन,” चिदी भन्छन्, “बटुक व्यापारबाटै राम्रो लाभ भएसँगै फलफुल पसल, मासु पसल, होटेल गर्दै आएको छु । दुई छोरालाई पनि विदेश नपठाई यही पेशालाई निरन्तरता दिन पठाई थप पेशाहरू अपनाउन पठाए ।” मेहनत गरे नहुने केही रहेनछ चिदी भन्छन्, “परिवारमा ११ जनाको सदस्य बटुक बेचेर नै पालिरहेका छौँ।”

अहिले परिवारका सदस्यहरू सबै मासु पसल, होटेल तथा बटुक व्यापारतर्फ जोडिएका छौं । परिवारको साथ सहयोगले सबै व्यापारलाई निरन्तरता दिएका छौं । त्यो समयमा सबैभन्दा पहिला बटुक बेच्नेमा म थिए । आधा लगानी गरेबापत आधा फाइदा हुन्थ्यो । तर, अहिले मसँगै नौ दश जना बटुक बेच्ने गरेको उनले बताए ।

“पहिला म मात्र बटुक बेचेर पैसा कमाउँथे, अहिले बटुक बेच्ने धैरे मानिस भएपछि पैसा बाँडिएको छ । अहिले बस आउन साथ सबै मिली बटुक बेच्ने भनेर घुइँचोमा दगुर्छौं, दिनकै हजारदेखि १५०० सम्म कमाउँछौ ।” उनी भन्छन्, “सबै मिलेर कमाएर खानुपर्छ म मेरै व्यापार गर्छु । उनीहरू आफ्नै व्यापार गर्छन् ।”

अर्का व्यापारी तिलक खड्का भन्छन्, “विदेश धाउनुपरेको छैन । थोरै धेरै कमाएर परिवारभित्रै रमाएर बस्न पाइएको छु । दैनिक गुजारा चलिरहेको छ ।”
स्थानीय दुर्गा ज्ञवालीको भनाइ अनुसार बटुक व्यवसाय राम्रै चलेको छ । लगानी डुब्ला भन्नु नपर्ने सबै मिलेर अगाडि आउँदा बटुक बेचेको देख्दा वरिपरिको वातावरण नै रमाइलो देखिन्छ । परिवार राम्ररी पालेका छन् तर उनी भन्छन् “सरसफाई ठूलो कुरा हो । स्वास्थ्यको कुरा छ । केराउमा ढुङ्गा माटो हुने भएकोले किन्ने बित्तिकै नपिसाई केलाएर सफा गरेर रिसाउनुपर्छ । अरु सबै ठिकै छ ।”

तानसेन नगरपालिका उपमेयर प्रतिक्षा सिन्जालीका अनुसार यो काम प्रशंसनीय र तारिफ योग्य काम हो । “वैदेशिक यात्रामा नगई यसलाई निरन्तरता दिई सम्पूर्ण हुनु, सानो लगानीबाट सफलता प्राप्त गर्नु भनेको उदाहरणीय काम हो । यसबाट आफ्नै ठाउँमा बसेर पनि केही गर्न सकिन्छ भन्ने सन्देश युवाहरूमा जान्छ ।”

उनी भन्छिन्,“काम सानो ठूलो हुँदैन । सङ्घर्ष गर्नुपर्छ सफलता प्राप्त हुन्छ, बटुक व्यवसायको तर्फबाट आवश्यक माग आएको खण्डमा स्थानीय सरकारको तर्फबाट सहयोग प्रदान गर्ने र बाटोमा बेच्नेका लागि पनि आगामी दिनहरूमा बजार व्यवस्थापन गरी सुविधा प्रदान गर्ने कोसिस गर्नेछौं ।”

तपाईको प्रतिक्रिया