आश्चर्यजनक घटना: बिना ब्याउने गाईले दिन थाले दूध !

पाल्पा-जिल्लाको रैनादेबी छहरा गाउँपालिका–२, कोकल्धाराको सोमै टोलमा बस्ने दुर्गा बहादुर सोमैले वर्षौँदेखि जर्सी गाई पालन गर्दै आउनुभएको छ। तर हालै उनको गोठमा भएको एउटा अनौठो घटनाले सबैलाई चकित बनाएको छ।

उका अनुसार, करिब १५–१६ महिनाको बाच्छीले न त गोरु लागेको छ, न बिजि लागेको छ, न त ब्याएको छ, तर पनि दिनहुँ करिब २ लिटर दूध दिन थालेको छ।

दुर्गा बहादुर सोमैका अनुसार, सुरुमा सानो बाच्छाले उक्त गाईको थुन चुस्ने गरेको देखेपछि उनले परीक्षणका लागि दूध निकाल्न खोज्नुभयो। पहिलो दिन जम्मा एक गिलास दूध निकालेका उनले, दिनदिनै यो मात्रा बढाउँदै गए। २० दिनको अवधिमा अहिले उक्त बाच्छीले प्रतिदिन २ लिटर दूध दिन थालेको उनले बताए।

कुनै पनि गाईले गाभिनु वा ब्याउनु अघि दूध दिन्छ भन्ने कुरा अस्वाभाविक मानिन्छ। यो घटनाले स्थानीय किसानहरू तथा पशुपालनमा संलग्न व्यक्तिहरूलाई चकित बनाएको छ। यसको वैज्ञानिक कारण पत्ता लगाउन पशु विज्ञ तथा पशु चिकित्सकहरूको अध्ययन आवश्यक देखिन्छ।किष्ण पौडेलबाट

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer