लुम्बिनीमा मगर भाषालाई सरकारी कामकाजको भाषा बनाउछौंः सभामुख घर्ती

पाल्पा। लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले लुम्बिनी प्रदेशमा मगर भाषालाई सरकारी कामकाजी भाषाको रुपमा अंगिकार गराउने प्रतिवद्धता व्यक्त गरेका छन् । ४३ औं राष्ट्रिय मगर संघ स्थापना दिवसको शुभकामना सन्देश जारी गर्दै सभामुख घर्ती मगरले सरकारी कामकाजीको भाषाको रुपमा मगर भाषालाई समेट्न आफु लागि परेको जनाएका हुन् ।

“लुम्बिनी प्रदेशसभा विभिन्न जात–जाति, भाषा–भाषि, धर्म, संस्कृति, लिङ्ग, वर्ग, क्षेत्रको अधिकार स्थापित गर्ने सवालमा नीति तथा कानुन निर्माणमा प्रतिवद्ध छ ।” शुभकामना सन्देशमा उल्लेख छ–“ मगर समुदायको भाषा, संस्कृति मौलिक पहिचानलाई संरक्षण र प्रवद्र्धन गर्दै संवैधानिक अधिकारलाई स्थापित गर्न लुम्बिनी प्रदेश सभा प्रतिवद्ध छ र प्रतिवद्ध भई निरन्तर लागिरहने विश्वास पनि दिलाउन चाहन्छु ।” घर्तीले भनेका छन्।

“आदिवासी जनजातिमा सूचिकृत मगर समुदाय जनसांख्यीय कोणबाट नेपालको सबैभन्दा ठूलो समुदाय हो । नेपालमा प्रजातन्त्रदेखि लोकतन्त्र हुँदै गणतन्त्र स्थापनाको लागी यो समुदायको महत्वपूर्ण योगदान रहेको जनयुद्ध र जनआन्दोलन लगायत सबै पहिचानका आन्दोलनमा यो समुदायको अग्रणी भूमिका रहेको छू।”  सभामुखको सन्देशमा उल्लेख छ ।

सभामुख घर्ती मगरले मगर जातीको विशेषता मेहनती, इमान्दार, देशभक्त, कर्मठ र विश्वासीलो भएको र यो विशेषतालाई कायम राख्न र संस्कृतीको संरक्षण गर्न आधुनिकतासंगै चुनौती थपिएको जनाउँदै नयाँ पुस्तालाई आफ्नो मौलिक पहिचान र सांस्कृतिक पहिचानहरुलाई प्रवद्र्धन र संरक्षण गर्न समेत अपिल गरेका छन् ।

उनले मगर समुदायको इतिहास, भाषा, संस्कृति तथा जातीय मौलिकताको संरक्षण र सम्वद्र्धनमा यो दिवसले महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएको उल्लेख गर्दै विश्वभर छरिएर रहनु भएका मगर समुदायको आफ्नो पहिचानलाई जोगाउनु आवश्यक रहेको दावी गरेका छन् ।

शुभकामना सन्देशमार्फत सभामुख घर्तीले मगर दिवसले सम्पूर्ण नेपालीहरुमा सामाजिक सद्भाव, आपसी मित्रता, भाईचारा बन्धुत्व र सहिष्णुताको मुल्य मान्यता कायम गर्न महत्वपुर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया