
पाल्पा । नेपाल रेडक्रस सोसाइटी रैनादेबी छहरा उपसाखाको चौथो साधारण सभा सम्पन्न भएको छ। उपसाखाका सभापति काशी प्रसाद पौडेलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथिका रूपमा रैनादेबी छहरा गाउँपालिकाका अध्यक्ष रुक्मांगत भट्टराई रहनुभएको थियो। विशिष्ट सदस्य एक प्रसाद श्रेष्ठको स्वागत मन्तव्यबाट सुरु भएको हो ।
कार्यक्रममा कार्यपालिका सदस्य महेश बराल, इलाका प्रहरी कार्यालय मुजुङ्का प्रमुख राम प्रसाद बेल्बासे, दामोदर घिमिरेलगायतले आफ्नो मन्तव्य राख्नुभएको थियो। कार्यक्रममा कोषाध्यक्ष यम बहादुर बुढाथोकिले संस्थाको आर्थिक विवरण प्रस्तुत गर्दै रु. १,३६,३६०.११ बचत रहेको र रु. ४,८६० खर्च भएको जानकारी गराउनुभयो। कार्यक्रमको सञ्चालन संस्थाका सचिव हरि प्रसाद पोखरेलले गर्नुभएको थियो। साधारण सभाले संस्था सञ्चालनका विविध विषयमा छलफल गर्दै आगामी कार्ययोजनाबारे निर्णय गरेको छ ।