तानसेनलाई योगदान पुर्याउने ३५ जना सम्मानित

तानसेन। नेपालकै पुरानो ऐतिहासिक तथा सास्कृतिक नगर तानसेनले भाषा, कला, साहित्य, सम्पदा, संस्कृति संरक्षणमा योगदान पुर्‍याएका व्यक्तिलाई सम्मान गरेको छ । विभिन्न स्थानमा बसेर भाषा, कला, सम्पदा, शिक्षा, स्वास्थ्य, पर्यटन विकासको क्षेत्रमा योगदान पुर्‍याउने ३५ जना व्यक्तिलाई तानसेन नगर प्रज्ञा–प्रतिष्ठानले सम्मान गरेको हो ।

सम्मानित हुनेमा साहित्यकार अजम्बरध्वज खाती, चित्रकार एवं साहित्यकार अशोकमान सिं, कृषि उद्यमी केशव कार्की, ढाका उद्यमी हरिकृष्ण कार्की र गंगाराम नेपाल, शिक्षा तथा स्वास्थ्यसेवी गोपाल बहादुर पोखरेल, शिक्षा तथा समाजसेवी झमानसिं दर्लामी, शिक्षा तथा पर्यटन उद्यमी टुकबहादुर अर्घाली थापालाई नगद, सम्मानपत्र, पाल्पाली ढाकाले सम्मान गरिएको छ ।

यसैगरी शिक्षाविद् देवप्रसाद बज्राचार्य, द्धारिकाप्रसाद शर्मा, बुद्धीप्रसाद शर्मा, राधाकृष्ण शर्मा, प्रा. डा. सावित्री कक्षपति, सुशीला श्रेष्ठलाई सम्मान तथा पुरस्कार दिइएको छ । त्यस्तै, साहित्यकार वनमाली निराकार, विजय सागर, राजेन्द्र गोपाल सिंह, डा. नारायणप्रसाद शर्मा गैरे, मन गहिरे, रजिउल्लाह खाँ स्वास्थ्यसेवी विश्वमान बज्राचार्य, डा. रचेल कारख, लोकमान शाक्य, पर्यटन उद्यमी सावित्रा भुसाल तथा धनिश्वर बस्याललाई पनि सम्मान तथा पुरस्कार प्रदान गरिएको छ ।

अभिनेता तथा चलचित्रकर्मी नायक धीरेन शाक्य, संगीतकर्मी तथा संस्कृतिविद् महेश देउराली, मदन देउराली, भरत देउराली पत्रकार मेघराज शर्मा, गायक कलाकर्मी मीना नेपाली (गैरे), धातुकला उद्यमी मंगलप्रसाद बज्राचार्य, प्रदीपकुमार बज्राचार्यलाई तानसेन नगरप्रमुख तथा नगर प्रज्ञा प्रतिष्ठानका कुलपति सन्तोषलाल श्रेष्ठ, उपप्रमुख प्रतिक्षा गाहा सिंजाली, नगर प्रज्ञा प्रतिष्ठानका उपकुलपति चोलेश्वर शर्माले नगद १० हजार, सम्मानपत्र, तक्मा, पाल्पाली ढाकाको दोसल्ला ओढाएर सम्मान गरेका हुन् ।

यस्तै पाल्पाली ढाकाकी संस्थापक ८७ वर्षीया पूर्णमाया महर्जनलाई ६८ हजार नगदसहित सम्मान तथा पुरस्कार प्रदान गर्ने घोषणासमेत गरिएको छ । साथै लुम्बिनी प्रदेशभित्र साहित्य क्षेत्रमा पुस्तक प्रकाशन गरी योगदान गर्ने एक जनालाई पनि पुरस्कार प्रदान गरिने तानसेन प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव दुर्गा थापाले जानकारी दिए।

नगरपालिकाले १५ औं नगरसभाबाट पारित गरेर कुल १५ लाखको लागतमा सम्मान वितरण गरेको जनाएको छ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer