रिब्दीकोटका ४० युवालाई सीपमूलक तालिम

तानसेन। ”श्रमको सम्मान, राष्ट्रको अभियान” भन्ने नारासहित रिब्दीकोट गाउँपालिकाले पालिकामा सूचीकृत बेरोजगार युवा लक्षित सीपमूलक तालिम प्रदान गरेको छ। पालिकाले सूचिकृत भएका ४० युवालाई ५० दिने सडक मर्मत सम्भार सम्बन्धि तालिम दिएको हो।

रिब्दीकोट गाउँपालिकाको आयोजना एवं ग्लोबल कलेज अफ इन्जीनियरिङ टेक्नोलोजी प्रा.लि. बुटवल रुपन्देहीको सहजीकरणमा ५० दिने सडक मर्मत तथा सम्भार तालिम सम्पन्न भएको हो ।

तालिम समापन समारोहलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले तालिमले स्थानीय युवाहरूलाई सीप प्रदान गरी आत्मनिर्भर बनाउन सहयोग गर्ने विश्वास लिएको बताए। उनले बेरोजगार बनेका युवालाई श्रमसंग जोजेर आर्यआर्जनमा लगाउन पालिकाले तालिम प्रदान गरेको बताउँदै आफूले आर्जन गरेको सीपलाई वास्तविक र व्यवहारिक बनाएर सदुपयोग गर्न आग्रह गरे।

गाउँपालिका उपाध्यक्ष कान्ता अधिकारी प्रमुख प्रशासकीय अधिकृत मणिप्रसाद खनाल प्राविधिक शाखा प्रमुख पुरन कार्की रोजगार सेवा केन्द्रका कर्मचारीहरु, सेवा प्रदायक संस्थाका इन्जिनियरहरु लगायत तालिमका सहभागीले सीपको सही सदुपयोग गरेर आयआर्जन लाग्न सुझाव दिएका थिए ।

तालिमका सहभागीलाई गाउँपालिकाले प्रमाण-पत्र समेत प्रदान गरेको थियो।

तपाईको प्रतिक्रिया