
तानसेन। रिब्दीकोट गाउँपालिकामा पुनः नाप नक्सा सम्बन्धी अभिमुखीकरण सम्पन्न भएको छ । विशेष नापी कार्यालय तानसेन, पाल्पाको आयोजनामा पालिका स्तरीय पुनः नाप नक्सा सम्बन्धी अभिमुखीकरण सम्पन्न भएको हो।
अभिमुखीकरणमा पालिकास्तरका सरोकारवालालाई डिजिटल नापी सम्बन्धी जानकारी गराउनुको साथै हालसम्म भएका कामको बारेमा जानकारी दिइएको थियो ।
कार्यक्रममा रिब्दीकोट गाउापालिकाका अध्यक्ष नारायण बहादुर कार्कीले नापीको कामलाई सहज बनाएर समयमा काम सक्नका लागि पालिकाले खेल्नुपर्ने भूमिकाका लागि सधै तयार रहेको बताए। उनले नागरिकलाई सहज रुपमा पूर्जा वितरणका लागि आवश्यक समन्य गर्न पालिकाले धयान दिने उल्लेख गरे ।
विशेष नापी कार्यालयका प्रमुख पूर्णप्रसाद पाण्डेयले आउने वर्षभित्र सबै वडामा नापी सक्नेगरी काम भएको जानकारी दिए ।
कार्यक्रम गाउँपालिका उपाध्यक्ष श्री कान्ता अधिकारी प्रमुख प्रशासकीय अधिकृत मणिप्रसाद खनाल, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यलगायतले नाप नक्सा सम्बन्धी ज्ञानबाट आफ्नो क्षेत्र र वडामा भएको काममा सहजीकरण गर्ने बताएका थिए ।
रिब्दीकोटका आठ वडामध्ये दुई वटा वडा बाहेक अन्यमा नापीको काम सञ्चालनमा रहेको छ। यस्तै केही वडाको भने नापीको काम समेर पूर्जा वितरणको काम समेत भएको हुँदा स्थानीय सरकार र जनप्रतिनिधिसंगको समन्वयमा छिटो काम सक्नेगरी काम भएको कार्यालयले जनाएको छ ।