
तानसेन। पाल्पामा आगो निभाउन गएका पुरुषको जलेर मृत्यु भएको छ । रिब्दीकोट गाउँपालिका– ७ पालुङ कोर्तुङस्थित पालुङ सामुदायिक जङ्गलमा लागेको आगो निभाउने क्रममा भिरबाट लडेर स्थानीय ६१ वर्षीय टेकबहादुर सर्तुङ्गेको मृत्यु भएको हो ।
जङ्गलमा लागेको आगो नियन्त्रण गर्ने क्रममा सर्तुङ्गे अचानक भिरबाट लडेका थिए । भिरबाट २० मिटर तल आगो लागिरहेको ठाउँमा खसेपछि उनको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । आगोमा जलिरहेको अवस्थामा आज विहान स्थानीयले देखेपछि ईलाका प्रहरी कार्यालय मुझुङमा खबर गरेका थिए ।
खबर लगत्तै इकालाका प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालयबाट खटेको प्रहरी टोलीले सर्तुङ्गेलाई उद्दारको प्रयास गरेको थियो । तर, उनको जलेर द्दटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
अनुसन्धानपछि मृतक सर्तुङ्गेकाे शवलाई पोष्टमार्टमका लागि पाल्पा अस्पताल पाल्पामा पठाइएको प्रहरीले जनाएको छ।