
पाल्पा । जनउत्थान सामुदायिक लघुवित्त वित्तिय सस्था लि. को १५ औ बार्षिकउत्सवको अवसरमा सरसफाइ गोडमेल तथा डस्टविन वितरण कार्यक्रम सम्पन्न भएको छ । सस्थाको शाखा कार्यालय तानसेन र हार्थोकद्धारा आयोजित कार्यक्रममा रिब्दीकोट गाउपालिका वडा न ४ मा अवस्थित भैरवस्थान मन्दिरको प्राङगणमा सस्थाद्धारा २०७८ सालमा रोपिएका सिलाङ्गेका वृक्ष गोडमेल तथा मलजल गरिएको हो ।
सोही कार्यक्रममा मन्दिर परिसरको सरसफाइलाई मध्यनजर गर्दै डस्टविन वितरण समेत गरिएको छ । कार्यक्रममा वोल्दै प्रमुख अतिथि तथा मन्दिरका कर्मचारी विमल सिंजालीले विगतमा सस्थाद्धारा रोपिएका वृक्ष गोडमेल तथा मलजल गर्नु आबश्यक रहेको वताए । कार्यक्रमको उद्धेश्यमाथि प्रकाश पार्दै तानसेन शाखाका शाखा प्रमुख राम प्रसाद पौडेलले सस्थाले प्रत्येक वर्ष सामाजिक उत्तरदायित्व सम्वन्धि कार्यक्रम गर्दे आएको बताए ।
रानीमहल केन्द्रकी प्रमुख चन्द्रकला थापाले खडेरीमा वोटविरुवा जोगाउनु पर्ने समयमा नै यस्तो खालको कार्यक्रमले सकारात्मक सन्देश दिने भन्दै आयोजक सस्थाको उत्तरउत्तर प्रगतिको कामना सहित धन्यवाद व्यक्त गरे । कार्यक्रम सस्थाको शाखा प्रमुख सपना सुनामको अध्यक्षता र कर्मचारि सगिता बरालीको सञ्चालनमा सम्पन्न भएको थियो ।