युवाहरूलाई लक्षित गरी ३५ दिने निशुल्क ड्राइभिङ तालिम

पाल्पा । रिब्दीकोट गाउँपालिकाले लक्षित वर्ग कार्यक्रमअन्तर्गत दलित तथा जनजाति समुदायका युवाहरूलाई लक्षित गरी ३५ दिने निशुल्क ड्राइभिङ तालिम सुरु गरेको छ ।
सो तालिम चैत २७ गतेदेखि औपचारिक रूपमा सुरु गरिएको हो । बेरोजगार युवाहरुलाई स्वरोजगार तथा रोजगारका अवसर सिर्जना गर्न निशुल्क ड्राइभिङ तालिम सञ्चालन गरिएको हो ।
कार्यक्रमको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्र्कीले भने, “यो तालिमले युवाहरुलाई सीप प्रदान गर्नुका साथै उनीहरूलाई रोजगार र स्वरोजगारमा जोड्ने दिशामा महत्वपूर्ण कदम हुनेछ ।”

गाउँपालिकाको पहलमा सञ्चालित यो तालिमले सहभागी युवाहरूलाई व्यावसायिक ड्राइभरका रूपमा अगाडि बढ्न सहयोग पुग्ने विश्वास लिइएको छ ।
तालिम रिब्दीकोट गाउँपालिकाको प्रतिवद्धता अनुसार नै गाउँपालिकाले गरीबी तथा बेरोजगार समस्या हल गर्न यो तालिम सञ्चालन गरिएकोले महत्वपूर्ण प्रयासका रूपमा हेरिएको छ ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष कान्ता अधिकारी, प्रमुख प्रशासकीय अधिकृत मणि प्रसाद खनाल, वडा नं. २ का अध्यक्ष ओम प्रसाद पोखरेल, कार्यपालिका सदस्य गोमा थापा लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया