
पाल्पा । शहिद प्रतिष्ठान नेपाल पाल्पा शाखाले नयाँ वर्ष २०८२ सालको भित्तेपात्रो विमोचन गरेको छ । सो भित्तेपात्रो विमोचन लुम्बिनी प्रदेश सभाका सभामुख तुलराम घर्ती मगर र नेकपा माओवादी केन्द्रका नेताहरुले संयुक्त रुपमा गरेका हुन् ।
विमोचन कार्यक्रममा बोल्दै घर्तीले सहिदहरूको सपना पूरा गर्ने दायित्व सबैको भएकोले सहिद परिवारको सम्मान गर्नुपर्ने बताए । सहिदका बलिदानीका कारण नेपालमा संघीय गणतन्त्र आएको र उनीहरूको सपना पूरा गर्ने सबै लाग्नुपर्ने घर्तीको भनाई छ ।
विमोचन कार्यक्रममा नेकपा माओवादी केन्द्रका इन्चार्ज नेत्रप्रसाद पाण्डेले सहिदहरु कस्तो अवस्थामा छन् उनीहरुले के गरिरहेका छन् भन्ने बारेमा सबै जानकार हुन सके मात्र सहिदको सपना पुरा गर्न सकिने बताए । सहिद परिवारलाई सम्मान मात्र होइन, सहिद परिवारको आर्थिक तथा रोजागरीका व्यवस्था गर्नेतर्फ सबैको ध्यान दिनुपर्ने नेता पाण्डेयले बताए ।
पछिल्लो समय माओवादीको गतिविधि राम्रो भएको पार्टीमा आउन चाहनेको मात्रा बढेको नेता पाण्डेको भनाई थियो ।
सहित प्रतिष्ठान नेपाल पाल्पाका शुशिला गाहाको स्वागत, सचिव धनु घिमिरेको सञ्चालन र प्रतिष्ठानको अध्यक्ष लिला सोमैको अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको थियो ।