रामपुरलाई बालमैत्री नगर बनाउने तयारी बढाइदै

तानसेन। रामपुर नगरपालिकाले बालमैत्री स्थानीय शासन घोषणा गर्न तयारीलाई तिव्रता दिएको छ ।नगरपालिकाले आगामी २०८३ साल मंसिर ५ गते बालमैत्री स्थानीय शासन घोषणा गर्ने लक्ष्यका साथ विभिन्न कार्यक्रमहरु गर्दै आएको छ

।नगरपालिकालाई बालमैत्री स्थानीय शासन घोषणा गर्नका लागि अहिले वडागत रुपमा विभिन्न कार्यक्रम हुँदै आएका छन् । पालिकाले वडामा समिति गठन, बाल क्लव गठन, घरधुरी सर्वेक्षण, बालबलिकाको पारिवारिक, आर्थिक र शैक्षिक अवस्था पहिचानका कार्यक्रमहरु गर्दै आएको जनाएको छ। बालमैत्री स्थानीय शासनका ५१ वटा सुचकका आधारमा वडा वडामा कार्यक्रम भएको हो ।

नगरका १० वटै वडामा बालमैत्री स्थानीय शासन वडा समिति गठन गरेको छ भने वडा नं.२ लाई घोषणाको अन्तिम चरणमा पुगेको रामपुर नगरपालिकाले जनाएको छ । वडा नं.२ लाई बालमैत्री स्थानीय शासन घोषणाका लागि गत आर्थिक वर्षबाट वडामा विभिन्न कार्यक्रम गरेको हो ।

वडा नं.२ मा बालमैत्री स्थानीय शासन लागु गर्नका लागि आवश्यक सुचक पुरा गर्न विभिन्न कार्यक्रम सम्पन्न गरी वडालाई बालमैत्री स्थानीय शासन घोषणाको अन्तिम चरणमा रहेको छ भने अन्य वडामा पनि सुरु गरिएको छ।

बालमैत्री स्थानीय शासन घोषणा कार्यक्रम अन्तर्गत गणकहरुलाई बालमैत्री घरधुरी सर्वेक्षण सम्बन्धी अभिमूखिकरण प्रदान गरेको छ ।बालबालिकाको अवस्था पहिचानका लागि रामपुर नगरपालिका भित्रका वडामा खटिने गणकहरुलाई अभिमूखिकरण प्रदान गरेको हो ।

बालमैत्री स्थानीय शासन घोषणाको पहिलो र महत्वपूर्ण आधार बालबालिकाको अवस्था बुझ्ने घरधुरी सर्वेक्षण भएकोले अभिमुखिकरण प्रदान गरिएको रामपुर नगरपालिकाका कार्यबहाक नगर प्रमुख तथा उपप्रमुख बाल कुमारी थापाले बताए।

उनले गणकहरुलाई सही तथ्याङ्क संकलन गर्न आग्रह गर्द रामपुर नगरपालिकालाई समृद्ध र प्रभावकारी कार्यान्वयन सहितको बालमैत्री स्थानीय शासनसहितको नगरपालिका बनाउन सबै लाग्नु पर्ने बताए। समुचित विकास र समृद्धिका लागि बालमैत्री स्थानीय शासनका सुचक पुरा गरेर बालमैत्री स्थानीय शासन घोषणा गर्न विभिन्न कार्यक्रम सञ्चालन गरिएको कार्यबहाक नगरप्रमुख थापाले बताए।

नगरपालिकाका नगर प्रवक्ता एवं वडा नं.१ का अध्यक्ष कपिल बहादुर खाँणले नगरपालिकाको दिगो विकास र समृद्ध नगर निर्माणका लागि बालबालिका केन्द्रित बालमैत्री कार्यक्रम लागु गर्न आवश्यक रहेको भन्दै बालमैत्री स्थानीय शासन घोषणाले यो लक्ष्य प्राप्त गर्ने बताए।उनले सही तथ्याङ्कले मात्र सही नतिजा दिने भन्दै हरेक गाँउ टोलमा रहेका बालबालिकाको वास्तविक अवस्थाको तथ्याङ्क संकलन गर्न गणकहरुलाई अभिमुखिकरण प्रदान गरिएको बताए।

नगरका सबै वडामा बालमैत्री स्थानीय शासन वडा समिति गठन गरेर अहिले गणकहरुका लागि अभिमुखिकरण प्रदान गरेको र अब क्रमश अन्य विभिन्न कार्यक्रम पनि तिव्रताका साथ सञ्चालन गरिने बालमैत्री स्थानीय शासनका फोकल पर्सन सञ्जु परियारले जानकारी दिइन् ।

तपाईको प्रतिक्रिया