जलेश्वर धामको निर्माणमा अध्यक्षको चासो, गुणस्यतरीयता कायम गर्न निर्देशन

तानसेन। रिब्दीकोको जलेश्वर क्षेत्रमा निर्माणाधीन भौतिक पूर्वाधारको अध्यक्ष नारायण बहादुर कार्कीले अवलोकन गरेका छन्। अध्यक्ष कार्कीले आइतबार मन्दिर क्षेत्रमा पुगेर निर्माण भएका कामको पूर्वाधार शाखा प्रमुख पुरन कार्कीसंग जानकारी लिएका हुन् ।

अध्यक्ष कार्कीले निर्माण व्यवसायीलाई काममा गुणस्तरीयता ध्यान दिएर समयमा निर्माण सक्नका लागि निर्देशन समेत दिएका छन् । रिब्दीकोट गाउँपालिका वडा नं. ५ मा रहेको ऐतिहासिक, धार्मिक एंव पर्यटकीय स्थल जलेश्वर क्षेत्रलाई धामका रुपमा विकास गरी धार्मिक पर्यटकको आवागमन बढाउनका लागि चालु आर्थिक वर्षमा सक्नेगरी सडक पूर्वाधार बाल उठाउनेलगायतका काम गर्दै आएको छ ।

स्थलगत अनुगन पश्चात अध्यक्ष कार्कीले निर्माण व्यावसायीसंग आवश्यक छलफल तथा परामर्श गरि कामको गुणस्तरीयता र समयमा नै कार्य सम्पन्न गर्न निर्देशन दिएका छन् ।

अध्यक्ष कार्कीले पालिकाको पहिचानसंग जोडिएको क्षेत्र भएका कारण वर्षा अघि नै सबै काम सक्नेगरी निर्माणलाई जोड दिन पनि निर्माण व्यवसायीलाई निर्देशन दिएका छन् ।

तपाईको प्रतिक्रिया