योङ कम्युनिस्ट लिग रैनादेवी छहरा गाउँ कमिटी गठन, अध्यक्षमा भट्टराई चयन

पाल्पा । योङ कम्युनिस्ट लिग नेपाल रैनादेवी छहरा गाउँपालिकाको गाउँ कमिटी सम्मेलन सम्पन्न भएको छ। सम्मेलनले जि.एस. भट्टराईको अध्यक्षतामा २१ सदस्यीय नयाँ गाउँ समिति चयन गरेको हो।

कार्यक्रममा नेकपा माओवादी केन्द्र रैनादेवी छहरा गाउँ समितिका अध्यक्ष पदम सोमैले नवनिर्वाचित नेतृत्वको घोषणा गरेका थिए। नवनिर्वाचित YCL अध्यक्ष भट्टराईले संगठनलाई अझ सशक्त बनाउने तथा समाजमा व्याप्त बेथिति र भ्रष्टाचारविरुद्ध दृढतापूर्वक अभियान चलाउने प्रतिबद्धता व्यक्त गरे।

सम्मेलनमा नेकपा माओवादी केन्द्र पाल्पाका जिल्ला संयोजक राजेन्द्र बि.क. प्रमुख अतिथि थिए। YCL नेपाल पाल्पाका संयोजक कमल श्रेष्ठ विशिष्ट अतिथि तथा रैनादेवी छहरा गाउँ कमिटीका अध्यक्ष पदम सोमै, उपाध्यक्ष कविता खनाल, वडा नं. २ का अध्यक्ष हुमबहादुर बुडा, सचिव प्रदीप पोखरेल, र YCL प्रदेश समिति सदस्य विष्णु नेपाली अतिथि थिए।

कार्यक्रमको अध्यक्षता जि.एस. भट्टराईले गरेका थिए भने सञ्चालन विष्णु बि.कले गरेका थिए।

तपाईको प्रतिक्रिया