
तानसेन। रिब्दीकोट गाउँपालिकामा योजना छनोट र बजेटको प्रभावकारी कार्यान्वयनका विषयमा छलफल गरिएको छ। लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगर (वसन्त) ले सिंगो कार्यापालिकासंग योजना छनोट र बजेटको कार्यन्यनका विषयमा छलफल गरेका हुन् ।
छलफलमा सभामुख घर्तीले प्रदेश सरकारले सडक र भौतिक पूर्वाधार भन्दा नागरिकको जीवनस्तरसंग जोडिएका विषयमा जोड दिने बताए। सभामुख घर्तीले सरकारहरुले योजना छनोट तथा बजेट कार्यान्वय व्यवस्थित हुन नसक्दा सरकारको दायित्व बढ्ने र दायित्व तिर्दातिर्दै बजेट खर्च धेरै भएको सन्दर्भमा सरकारप्रति गुनासो बढेको दावी गरे।
मुलुकमा उद्योग धन्दा संचालनमा वृद्धि हुन नसक्दा राजस्व र रेमिट्यान्सबाट मुलुक चलाउनुपर्ने अवस्था आएको बताउँदै सभामुख घर्तीले उत्पादनशील र नागरिकको जीवनस्तरसंग जोडिएका विषयमा केन्द्रित भएर योजना बनाउनुपर्नेमा जोड दिए।
स्थानीय तहका जनप्रतिनिधि र नागरिक स्तरबाट पनि सासंदहरुसंग नीति र कानुन निर्माण भन्दा बजेकै विषयमा प्रश्न उठ्ने हुँदा जनप्रतिनिधिसंग छलफल गरेर बजेट विनियोजन गर्न आफू लागि परेको उनले बताए । आफ्नो निर्वाचन क्षेत्रमा पर्ने तीन वटै स्थानीय तहका जनप्रतिनिसिंग छलफल गरे योजना छनोट गर्न सुझाव दिनुे बताए।
यो वर्ष प्रदेश सरकारले दश लाख भन्दा माथिको योजना मात्रै बजेटमा समावेश गरेर काम गर्ने योजना रहेको बताउँदै स्थानीय तहबाट पनि महत्वपूर्ण र उत्पादशील क्षेत्रको छनोट गरेर मात्रै योजना अघि सार्न सुझाव दिए।
छलफलमा गाउँपालिकाका अध्यक्ष नारायण बहादुर कार्कीले स्थानीय स्तरमा योजना छनोट र गत वर्षका योजनाको कार्यान्वयका लागि चासो दिएर पालिकासम्म आएकोमा सभामुख घर्तीलाई धन्यवाद दिए।
अध्यक्ष कार्कीले चालु आर्थिक वर्षमा प्रदेश सरकरबाट विनियोजित बजेटमध्येबाट ८० प्रतिशतबढी योजना सम्पन्न भएको बताउँदै आउँदा वर्षमा टुक्रे योजना भन्दा २०।२५ लाख सम्मका योजना प्रत्येक वडामा कम्तीमा तीन वटा पर्नेगरी पार्नका लागि पहल गरिदिन अनुरोध गरे छलफलमा वडा नं. १ देखि ८ सम्मका वडाअध्यक्षहरुले आफ्नो वडाका लागि महत्वपूर्ण योजना टिपोट समेत गराएका छन् ।
यस्तै विगतका वर्षमा विनियोजन भएका बजेट कार्यान्वय हुन नसकेका विषयमा पनि छफफल भएको सभामुखका स्वकीय सचिव पदम सोमैले जानकारी दिए ।