झडेवामा दलित समुदायका लागि नीतिगत व्यवस्था र नेतृत्व विकास सम्बन्धी तीन दिने तालिम सम्पन्न

पाल्पा । माथागढी गाउँपालिका–४ झडेवामा दलित समुदायका लागि नीतिगत व्यवस्था र नेतृत्व विकास सम्बन्धी तीन दिने तालिम सम्पन्न भएको छ। तालिमले दलित समुदायमा सशक्तिकरण र नेतृत्व क्षमताको विकासमा योगदान पुर्‍याउने अपेक्षा लिएको छ।

तालिमको समापन कार्यक्रममा बोल्दै पालिका प्रवक्ता तथा वडा नं. ४ का वडा अध्यक्ष शंकर दर्लामी थापाले तालिममा सिकेका कुरालाई व्यवहारमा उतार्नुपर्ने आवश्यकता औंल्याउँदै प्राप्त ज्ञान र सीपलाई दैनिकीमा प्रयोग गर्न सहभागीहरूलाई आग्रह गरे। उनले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिन गाउँपालिकाको तर्फबाट आवश्यक सहयोग गरिने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा कार्यपालिका सदस्य रुकुर्मी सुनारी, वडा सदस्य होमबहादुर सारु, बिमला बिक लगायतले सिकेका कुरा व्यवहारमा लागू गरे मात्रै तालिमको औचित्य हुने बताए। प्रशिक्षक कृष्ण दर्नाल सुकुनराज अर्याल समाजसेवी विष्णु जिसी दमन्ती सुधार लगायतले तालिमका कारण व्यवहारमा परिवर्तन ल्याउन सकिने र सिकेका कुरा आफ्नो दैनिक जीवनमा कार्यान्वयन गर्नुपर्ने बताए। सहभागी सुमन पोखरेल विष्णु बिक सुमित्रा बिक कल्पना बरालीले तालिममा सिकेका कुरा व्यवहारमा लागू गर्ने प्रतिबद्धता गरे ।

कार्यक्रममा वडा नं. ४ का दलित समुदायका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो। तालिम दलित समुदायको सशक्तिकरण, नीति निर्माणमा पहुँच अभिवृद्धि तथा नेतृत्व विकासमा केन्द्रित थियो।

तालिमको सहजीकरण कृष्ण दर्नाल र सुकुन्दराज अर्यालले गरेका थिए। कार्यक्रम दलित उत्थान वडा समन्वय समितिकी अध्यक्ष अनिता नेपालीको अध्यक्षतामा तथा सचिव संगीता बिकको सञ्चालनमा सम्पन्न भएको थियो।

तपाईको प्रतिक्रिया