चौतारीको रजत जयन्तिको अवसरमा वक्तृत्वकला प्रतियोगिता

तानसेन। पाल्पामा गुणस्तरीय शिक्षामा सूचना प्रविधिको प्रयोग विषयक माध्यमिक विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ। प्रेस चौतारी नेपाल पाल्पाले शाखाको २५ औ शाखा स्थापना दिवसको अवसरमा प्रतियोगिता राखेको हो।

प्रतियोगितामा जनता माध्यमिक विद्यालय तानसेनकी छात्रा संयुक्ता थापा प्रथम भएकी भएकी छन् । भैरव नवदिप माध्यमिक विद्यालय छहराकी छात्रा राशी पोखरेल द्वितिय र न्यू होराइर्जन वोडिङ्ग स्कुल तानसेनकी छात्रा रीया बस्याल तृतिय भए । प्रतियोगितामा प्रथम भएकी थापाले नगद ५ हजार, द्धितिय भएकी पोखरेलले नगद ३ हजार र तृतिय भएकी बस्यालले दुई हजार नगदसहित प्रमाणपत्र पुरस्कार प्राप्त गरे ।

प्रतियोगितामा विजयी तथा सहभागीलाई प्रेस चौतारी नेपाल पाल्पाका संस्थापक अध्यक्ष केशवराज नेपाल, केन्द्रिय सदस्य मिलन विश्वकर्मा जिल्ला अध्यक्ष कृष्ण कार्की, निर्णायक मण्डलका संयोजक डा.शंकर प्रसाद गैरे, सदस्य सन्तोष खनाललगायतले पुरस्कार प्रदान गरे ।

रजत जयन्तिको अवसरमा संचार कर्म भन्दा बाहिर सामाजिक कार्य स्वरुप युवा विद्यार्थीको बिचमा समसमहिक विषयमा बौद्धिकता सम्बन्धी कार्य गरिएको शाखा अध्यक्ष कृष्ण कार्कीले बताए।

उक्त कार्यक्रममा जिल्लाका करिब एक दर्जन माविका विद्यार्थी सहभागी भएका थिए ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer