
पाल्पा। श्री बाल विनोद आधारभूत विद्यालयको ५० औं स्वर्ण महोत्सव भव्य समारोहका साथ सम्पन्न भएको छ। रैनादेवी छहरा-३, भुवनपोखरी, बल्था, पाल्पामा अवस्थित विद्यालयले “समयसापेक्ष अनिवार्य गुणस्तरीय शिक्षा, हाम्रो विद्यालयको प्रतिवद्धता” भन्ने नारासहित २०८२ वैशाख २८ गते स्वर्ण महोत्सव समारोह सम्पन्न भएकाे हाे।
कार्यक्रम विद्यालय परिवार सल्लाहकार समितिका अध्यक्ष पुरुषोत्तम पोखरेलकाे को अध्यक्षतामा सम्पनन भएकाे थियाे। कार्यक्रममा गाउँपालिका अध्यक्ष सक्माङ्गत भट्टराई, वडाअध्यक्ष प्रदिप पौडेल, विशिष्ट लेखापरीक्षक शिव पाण्डे, राम प्रसाद पाण्डे र सहायक शिक्षा अधिकृत राजाराम भाट लगायतले बाेलेका थिए । समाराेहमा बाेल्ने वक्ताहरूले शिक्षा क्षेत्रकाे विकासका लागि सबैकाे सहकार्य अावश्यक रहने बताए ।
समारोह शिक्षक राजेन्द्र महराईले स्वागत तथा शिक्षक चन्द्रमणी पौडेलकाे सञ्चालनमा सम्पन्न भएकाे थियाे। कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरिएको थियो। स्थानीय सोरठी नाच, भजन, पञ्चे बाजा नृत्य जस्ता स्थानीय कला र संस्कृति देखाइएका प्रस्तुतिहरूले कार्यक्रमलाई अझ रमाइलो बनाएको थियो।
साथै स्थानीय कलाकार राजन थापाले पनि आफ्नो प्रस्तुति दिएका थिए। सन् २०३१ मा स्थापित यस विद्यालयले पाँच दशकको यात्राबाट आजको अवस्थासम्म आइपुगेको छ। स्वर्ण महोत्सवको अवसरमा आयोजित कार्यक्रममा विद्यालयको स्मृति स्तम्भको पनि उद्घाटन गरिएको थियो।