तानसेनमा दलित किशोर-किशोरीका लागि चार दिने बेकरी तालिम सुरु

पाल्पा । तानसेन नगरपालिकाको आयोजना र इजी लाइफ मल्टिपप्रोज कम्पनी प्रालि तानसेन पाल्पाको समन्वयमा चार दिने बेकरी तालिम सुरु भएको छ । आजबाट सुरु भएको तालिम जेष्ठ ४ गतेसम्म सञ्चालन हुने छ ।

तानसेन नगरपालिका नगर कार्यापालिकाको कार्यालयले लैगिंक समानता, अपांगता सामाजिक समावेशीकरण, दलित किशोर किशोरीहरुका लागि सीप विकास तालिम अन्तरगत बेकरी बनाउने तालिम सञ्चालन गरिएको हो ।

तालिममा तानसेन नगरपालिकाभित्रका दलित समुदायका किशोर किशोरीहरुको सहभागिता रहेको थियो । तालिमको उद्घाटन गदै तानसेन नगरपालिकाकी उपप्रमुख प्रतिक्षा सिजालीले दलित समुदायका किशोर किशोरीहरुको सीप विकास गरी आत्मनिर्भर बनाउन यो तालिम सञ्चालन गरिएको बताउनुभयो । आर्थिक शसक्तिकरण गर्ने अभियान स्वरुप यो बेकरी तालिम सञ्चालन गरेपछि सानो लगानीमा बेकरी व्यवसाय गर्न सकिने उपप्रमुख प्रतिक्षा सिजालीले बताइन् । बेकरी उद्योगहरुमा समेत तालिम पछि रोजगारीका लागि अवसर प्राप्त हुने उपप्रमुख सिंजालीले बताइन ।

कार्यक्रममा तानसेन नगरपालिकाका सामाजिक विकास शाखाका प्रमुख भरत आचार्यले दलित समुदायका किशोर किशोरीले सीप सिकेर आत्मनिर्भर बन्नका लागि यो तालिम सफलदायी हुने बताए । कार्यक्रममा तानसेन नगरकार्यपालिका सदस्य दिनेश गन्धर्व, लक्ष्मी विक मन्जु विक, अनुरामदाम र पत्रकार कृष्ण दर्नाल लगायतले सीपका अभावका पेशा व्यवसाय गर्नबाट बञ्चित समुदायका युवा युवतीहरुले सीप सिकेर आत्मनिर्भर हुन सहयोग पुग्ने बताए ।

कार्यक्रम इजी लाइफ मल्टिपप्रोज कम्पनी प्रालि तानसेन पाल्पाका प्रमुख कमल भट्टराईको अध्यक्षता र तानसेन नगरपालिकाका सामाजिक विकास शाखाका प्रमुख भरत आचार्यको स्वागत मन्तव्यबाट कार्यक्रम सुरु भएको थियो ।  सो कार्यक्रमको सञ्चालन इजी लाइफ मल्टिपप्रोज कम्पनी प्रालिका कार्यक्रम संयोजक वल बहादुर उच्चैले गरेका थिए ।

तपाईको प्रतिक्रिया