
तानसेन। पूर्वखोला गाउँपालिकाले संचालन गरेको विशेषज्ञसहितको स्वास्थ्य शिविरमा चार सय ५४ जनाले सेवा सलिएका छन् । स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशको आयोजना तथा पूर्वखोला गाउँपालिकाको समन्वयमा चलेको विशेषज्ञसहितको शिविरमा तीन सय ५ महिला तथा एक सय ४६ जना पुरुषले सेवा लिएका हुन् ।
एक दिने शिविरमा जनरल फिजिसियन, महिला तथा प्रसूति, छाला तथा यौन रोग, दाँत तथा मुख स्वास्थ्य सेवा तथा मानसिक स्वास्थ्य सेवा उपलब्ध गराइएको थियो ।
जसमा छालाका विरामी एक सय २४ जना , मानसिक रोगी ४४ जना, महिला तथा प्रसूति रोगी ६६ जना, जनरल फिजिसियन एक सय ८२ र दत्त रोगी एक सय ५४ जनाले सेवा लिएको गाउापालिकाका स्वास्थ्य शाखा प्रमुख मोहन ढकालले जानकारी दिए ।
पालिकाभित्रका नागरिकहरुले विशेषज्ञसहितको स्वास्थ्य सेवा र निःशुल्क औषधि वितरण गरी नागरिकको स्वास्थ्यमा स्थानीय सरकारले समन्वात्मक भूमिका खेलेको पूर्वखोला गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापाले बताए।
शिविरमा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेम बहादुर सारुले प्रत्यक्ष निगानी तथा विरामाीसंग भेटघाट गर्दै नागरिकको शारीरिक र मानसिक स्वास्थ्यमा प्रदेश सरकार गम्भीर रहेको बताए। उनले खानपान र जीवनशैली सुधार गरी आफ्नो स्वास्थ्यमा सचेत हुन सबैमा आग्रह पनि गरे ।