नेपाल कपडा तथा सिलाई व्यवसायी संघ पाल्पाको अध्यक्षमा धुर्व रणपाल

पाल्पा । नेपाल कपडा तथा सिलाई व्यवसायी संघ पाल्पाको प्रथम साधारणसभाबाट अध्यक्षमा धुर्व रणपाल निर्वाचित भएका छन् । जसको प्रथम उपाध्यक्ष दुर्गा बहादुर नेपाली, सन्जु दर्नाल, उषा गौतम र सचिवमा सन्तोष पृथी, सचिवमा धिरेन्द्र नेपाली, कोषाध्यक्ष बाबुराम रणपाल, सहकोषाध्यक्ष सन्दीप कोइराला निर्वाचित भएका छन् ।

त्यसैगरी सदस्यहरुमा रमेश गौतम, राजकुमार महतो, सरस्वती बुढाप्रिती, सावित्रा कोइराला, सन्तोष गौतम, कृष्ण दर्नाल, राम रणपाल, राजु गौतम रहेका छन् ।

लेखा समिति संयोजकमा मानबहादुर कार्की, झपेन्द्र घले, भुवन परियार, अमित घले, सन्तोष परियार रहेका छन् । त्यसैगरी नयाँ कार्यसमितिले सल्लाहकार समिति समेत चयन गरेको छ । वरिष्ठमा सल्लाहकारमा विनोद बुढाप्रिती, बुद्धिमान दर्नाल, शम्भु सूर्यवंशी, विक्रम छिन्याल, शरण गोतामे रहेका छन् ।

कार्यक्रममा नेपाल कपडा तथा सिलाई व्यवसायी महासँघका केन्द्रीय प्रथम उपाध्यक्ष रामकुमार रणपालले सिलाई पेशाले नेपालको अर्थतन्त्रमा ठूलो योगदान गरेको बताए ।
सो कार्यक्रममा बुटवलको फुलबारीमा निर्माधिन बिसे नगर्ची पार्कका लागि परियार सेवा तानसेन गुठीकातर्फ झण्डै पचास हजार भन्दा माथि आर्थिक सहयोग गरेको छ । गुठीका अध्यक्ष तीर्थप्रसाद गौतमले प्रथम उपाध्यक्ष रामकुमार रणपाललाई आर्थिक सहयोग प्रदान गरेका हुन ।

तपाईको प्रतिक्रिया