मानव कल्याण गुठी, तानसेनको पहिलो साधारणसभा सम्पन्न

पाल्पा । मानव कल्याण गुठी, तानसेनले आफ्नो पहिलो साधारणसभा सफलतापूर्वक सम्पन्न गरेको छ। गुठीका प्रमुख संस्थापक सल्लाहकार कृष्ण दर्नालले सभाको उद्घाटन गर्दै मानव कल्याणका कार्यहरूलाई निरन्तरता दिनुपर्नेमा जोड दिए।

प्रमुख सल्लाहकार दर्नालले मानवको हितमा काम गर्नु नै मानवको मुख्य दायित्व भएको र यस गुठीले सोही अनुरूप काम गरिरहेको बताए। उनले यस्ता सामाजिक कार्यहरूलाई भविष्यमा पनि निरन्तरता दिनुपर्ने आवश्यकता औंल्याए।

साधारणसभामा गुठीका अध्यक्ष मित्रलाल नेपालीले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्दै मानव कल्याणको उद्देश्यका साथ स्थापित यस गुठीले आफ्नो पहिलो वर्षमै लक्ष्य हासिल गर्न सफल भएको जानकारी गराए। आर्थिक संयोजक बाबुराम रणपालले आगामी दिनमा मानवहितका कार्यहरूलाई अझ प्रभावकारी बनाउन आर्थिक पक्षलाई सुदृढ बनाउनुपर्नेमा जोड दिए।

गुठीका कोषाध्यक्ष धिरज नेपालीले आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक वर्ष २०८१/८२ को कुल रु. १ लाख ३२ हजार बराबरको आयव्यय सार्वजनिक गरे। यस अवसरमा गुठीका उत्कृष्ट काम गर्ने सदस्यहरूलाई सम्मान पनि गरिएको थियो।

गुठीका उपाध्यक्ष राम प्रसाद पौडेलको स्वागत मन्तव्यबाट सुरु भएको उक्त कार्यक्रम गुठीका अध्यक्ष मित्रलाल नेपालीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रमको सञ्चालन गुठीका सचिव अमित परियारले गरेका थिए।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको