टाउकाको मूल्य र गणतन्त्र

२३८ वर्षको पुरानो शाही वंशकाे अन्त्य नाैलाे जनवादी गणतन्त्र, समाजवाद र साम्यवादी शासन व्यवस्थापनका लागि भएको १० वर्षे महान् नाैलाे जनवादी सांस्कृतिक क्रान्ति (जनयुद्धको )तागत र सात राजनीतिक दलको वृहत् १९ दिने जनआन्दोलनको उभारमा राजतन्त्रको अन्त्य भएको हाे। देशमा भैरहेको वर्वर दमन र बीभत्स सेताे आतकंकाे विरूद्वमा न्याय प्रेमी नेपाली आमाका छाेराछाेरीहरू जनवादी गणतन्त्र प्राप्तिमा लामबद्व हुँदै मृत्यु र जीवन काे दाेसाधमा बिचमा टाउकोमा कफन बाँधेर युद्धमा कदम बढाएकै कारण आज हामीहरू स्वतन्त्रताको श्वास विचरण गर्न पाएका छाै ।

दुश्मनी किल्लामा आगाेकाे ज्वाला दन्काउँदै, जङ्गली हिंस्रक जनावरहरू र विषालु गाेमन सर्पहरूकाे आततायी अत्याचारको विरोधमा देशमा समानता र समानुपातिक व्यवस्थाकाे स्थापनाकाे लागि नेपाली आमाका हजारौं वीर सपुतहरूकाे बलिदानी पूर्ण त्याग र सम्पूर्णकै कारण नेपाली धर्तीमा गणतन्त्रका नवीन पुष्पहरू विकसित हुने अवसर पाएका हुन् । गणतन्त्र बाेल्न र लेख्न जति सजिल भएको छ त्यो त्यति सजिलै प्राप्त भएको भने हाेइन । एउटा निरंकुश तानाशाही राज्यव्यवस्थाकाे विरूद्वकाे समर चानचुने कुुरा पनि थिएन्।

नेतृत्वको अग्रगामी साेच, दूरदृष्टि , आत्मविश्वास , सम्पूर्ण नेपाली जनताको न्यानो माया र ममता , विश्वभरि छरिएर रहेका श्रमजीवी जनताकाे साथ र समर्थनकै कारण गणतन्त्रको विजाराेपण भएको हाे । दुश्मनका फलामे किल्ला भत्काउँदै, दु:खी, पीडित, मजदुर , किसान , भरिया , ज्यामी , पिछडिएका निमुखा जनताका, पीडा र वेदनाका गीत गाउँदै , शाही सत्ताका बम र बारूदसँग खेल्दै हाँसीहाँसी मृत्युु जितेर नयाँ नेपालकाे शासन व्यवस्था स्थापना भएको हाे ।

देशीय सामान्तवाद, भारतीय विस्तारवाद र अमेरिकी सामाराज्यवादका विरूद्वमा साहसी नेपाली जनताले वीरताका साथ लडेको महान जनयुद्धकै बलमा अमृत रूपी गणतन्त्रको नेपालमा स्थापना भएको हाे । फासिष्ट राज्य सत्ताको विरूद्वमा न्याय, समनता र उच्च विचार भएका लालसेनाहरूकाे बहादुरीकाे उच्चस्तरीय फाैजी लडाइँले सफलताबाट नै सङ्घीय गणतन्त्रको जग स्थापना भएको हाे ।

दुश्मनका खुनी आतंक, जेल, नेल(किलाे सेरा टु )अपरेसन , हत्या , बलात्कार , चरम यातना,सिधै टाउको माथि बम र गाेलीकाे वर्षा, नेता तथा कार्यकर्ताकाे टाउकाको मूल्य ताेकेर तहसनहस पार्न खाेज्ने यथास्थितिवादी , परम्परागत ढाेगी सत्ताको विरूद्वमा हार नखाई ढाडमा टेकेर टाउकोमा पुग्न सफल भएर गणतन्त्रको संस्थागत विकास भएको हाे । देशका आम शाेषित, पीडित, किसान, महिला,दलित , मुस्लिम, आदिवासी , जनजाति सबैलकाे मुक्तिको शङखघाेष गरि, स्वतन्त्रता , समानता,समावेशी र समानुपातिक प्रतिनिधित्व, सङ्घीय शासन व्यवस्था नै गणतन्त्रको मूल मर्म र उद्देश्यलाई आत्मसात् लाेकतान्त्रिक गणतन्त्र हाे ।

सहिदको सपनाकाे उच्च मूल्यांकन गर्दै , युद्धमा बगेको रगतको कदर गर्दै नेपाली जनतालाई सबै खाले घरेलु प्रतिक्रियावाद र दमनकारी राज्यसत्ताबाट मुक्त गर्ने महान विचार नै गणतन्त्रको आधार स्तम्भका रूपमा सावित भएको छ ।

पछिल्लो समय र परिवर्तित सन्दर्भमा गणतन्त्र माथि बीस वमन भैरहेकाे छ। यदाकदा लुकेर बसेका विषालु गाेमनरूपी सर्पहरूले फेरि फण उठाउने कुचेष्टा गर्दै छन् । त्यो नेपाली जनतालाई असह्य हुनेछ । गणतन्त्रलाई आधुनिकीकरण र विकास गर्दै संविधानले परिकल्पना गरेको समाजवादी यात्रामा लामबद्व हुनु नै अहिलेकाे उपयुक्त कार्य हुनेछ ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको