रामपुर-रामपुर नगरपालिका–२, सेरा निवासी ५७ वर्षीया दानु कुमारी रावतको अरिङ्गालले टोकेर शुक्रबार मृत्यु भएको छ । शुक्रबार दिउँसो २ बजे घरदेखि पश्चिमपट्टि रहेको सामुदायिक वनमा स्याउला काट्ने क्रममा कदमको बोटमा रहेको कालो अरिङ्गालले टोकेको थियो ।
इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक राम बहादुर नेपालीको जानकारी अनुसार, अरिङ्गालको टोकाईबाट गम्भीर घाइते रावतलाई तत्काल उपचारका लागि रामपुर अस्पताल लगिएको थियो, जहाँ उनले मृत्यु भएको हो ।



