अखिल नेपाल महिला संघ (क्रान्तिकारी), रिब्दीकोट गाउँ समितिको आयोजनामा  ‘तीज मिलन कार्यक्रम’ सम्पन्न

कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का पाल्पा जिल्ला इन्चार्ज नेत्र पाण्डेले महिला, दलित र जनजातिहरूको राजनीतिक क्षेत्रमा उल्लेख्य सहभागिता बढेको बताए। त्यसैगरी, रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायणबहादुर कार्कीले गाउँपालिकाले महिला सशक्तिकरणका लागि विभिन्न कार्यक्रम सञ्चालन गरेको जानकारी दिए।

कार्यक्रममा अखिल नेपाल महिला संघ (क्रान्तिकारी) का जिल्ला इन्चार्ज तथा प्रदेश सदस्य तुलसा राना, संविधानसभा सदस्य लिला सोमैले महिलाहरूको आर्थिक, सामाजिक र राजनीतिक परिवर्तनमा माओवादीको भूमिका महत्त्वपूर्ण रहेको बताएका थिए।

अखिल नेपाल महिला संघ (क्रान्तिकारी), रिब्दीकोट गाउँ समितिकी अध्यक्ष गोमा मगरको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमको सञ्चालन समितिकी सचिव सीता कुमालले गरेकी थिइन्। कार्यक्रममा मीरा रानाले स्वागत मन्तव्य दिएकी थिइन्।

कार्यक्रममा स्थानीय महिलाहरू उत्साहित र भव्य रूपमा सहभागी भएका थिए।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको