चीन र भारतबीच भएको लिपुलेक नाका सम्झौताको विरोध : योङ कम्युनिष्ट लिग

पाल्पा – योङ कम्युनिष्ट लिग, नेपाल पाल्पाले चीन र भारतबीच भएको लिपुलेक नाका सम्झौताको कडा शब्दमा विरोध गर्दै नेपाल सरकार र प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ। वाईसीएल पाल्पाका अध्यक्ष कमल श्रेष्ठले जिल्ला प्रशासन कार्यालय, पाल्पामार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएका हुन्।

पत्रमा, २०८२ भदौ ३ गते भारत भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यी र भारतीय विदेशमन्त्री एस जयशङ्करबीच भएको सहमतिपत्रको बुँदा नम्बर ९ मा लिपुलेक नाकालाई द्विपक्षीय व्यापारका लागि खोल्ने निर्णय गरिएको प्रति गम्भीर आपत्ति जनाइएको छ।

“लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको अविच्छिन्न भूभाग हो,” पत्रमा भनिएको छ, “नेपालको सहमतिविना उनीहरूले त्यसलाई आफ्नो व्यापारिक मार्ग बनाउन कुनै सम्झौता गर्नु अन्तर्राष्ट्रिय कानुन र नेपालको सार्वभौमिकताको विरुद्धको कुरा हो।” वाईसीएलले यस कार्यको कडा भर्त्सना गर्दै नेपाल सरकारलाई यस विषयमा  प्रभावकारी कूटनीतिक पहल गर्न आग्रह गरेको छ।

साथै, प्रधानमन्त्रीको आसन्न भारत भ्रमणको सन्दर्भमा नेपालको सार्वभौमसत्ता र भू-अखण्डताको सवाललाई दृढतापूर्वक उठाउन पनि माग गरिएको छ। वाईसीएलले सबै राष्ट्रवादी नेपालीहरूलाई नेपालको कुनै पनि भूभाग अनाधिकृत रूपमा कब्जा गर्ने विस्तारवादी षड्यन्त्रविरुद्ध सशक्त आवाज उठाउन आह्वानसमेत गरेको छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको