सुनको मूल्यमा नयाँ कीर्तिमान

काठमाडाैं।  आइतबार  सुनको मूल्य थप बढेको छ। अघिल्लो दिनको कारोबारको तुलनामा आज सुन प्रतितोला तीन हजार रूपैयाँले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार आइतबार सुन प्रतितोला दुई लाख तीन हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ।गत साता शुक्रबार सुन प्रतितोला दुई लाख ६ सय रूपैयाँमा कारोबार भइरहेको थियो।

सुनको मूल्य हालसम्मकै उच्च हो। त्यस्तै, शुक्रबार चाँदीको मूल्य पनि प्रतितोला ६५ रूपैयाँले बढेको छ।

महासंघका अनुसार शुक्रबार २३ सय ६० रूपैयाँ कारोबार भएको चाँदी आइतबार २४ सय २५ रूपैयाँमा कारोबार भएको हो।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ३४ सय ४७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer