पाल्पा । रिब्दीकोट गाउँपालिकाले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यही मंसिर २४ गतेदेखि २६ गतेसम्म आयोजना गर्ने भएको छ ।
गाउँपालिकामा रहेका सम्पूर्ण विद्यालयका नियमित अध्ययनरत छात्र/छात्राहरू बीच प्रतियोगिता सञ्चालन गरिने रिब्दीकोट गाउँपालिका शिक्षा शाखाले जनाएको छ । भलिबल, दौड, उफ्रने र फ्याँक्नेतफ छात्रा/छात्रहरु प्रतियोगीता हुनेछ । प्रतियोगीतामा सहभागी ३१० जना विद्यार्थीहरुको दुर्घटना बीमा गरिएको रिब्दीकोट गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले बताए ।
दौड छात्र/छात्रातर्फ १०० मी., २०० मी., ४०० मी., ८०० मी., १५०० मी., ३००० मी., ४ × १०० मी. रिले, र ४ × ४०० मी. प्रतियोगिता हुनेछ । दौडतर्फका प्रतियोगीहरु हाडखर्क, राहतथुम, चिदीपानी, ज्यामिरेपट्टा, तथा सटफुट खेलका लागि पनि निश्चित गरिएको छ ।
उफ्रने र फ्याँक्नेतफ छात्रमा हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्वाभलिङ थ्रो ८०० ग्राम, सटफुट १२ पाउण्ड र छात्रामा हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्वाभलिङ थ्रो ६०० ग्राम, सटफु ८ पाउण्डतर्फ प्रतियोगीता हुने रिब्दीकोट गाउँपालिकाका शिक्षा शाखा प्रमुख टिकाराम आचार्यले बताए ।
प्रत्येक विद्यालयले प्राप्त गरेको अंकका आधारमा समग्रमा प्रथम, द्वितीय र तृतीय हुने विद्यालयलाई पुरस्कार तथा शिल्ड प्रदान गरिने शिक्षा शाखा प्रमुख आचार्यले बताए ।प्रतियोगीतामा १८ वर्षमुनिका कक्षा १२ सम्म अध्ययन गर्ने विद्यार्थीहरु सहभागी हुन पाउनेछन् ।





















