सुनको भाउ बढ्यो

काठमाडौं। सोमबार सुनको भाउ तोलामा ७ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ५२ हजार ९ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

सोमबार चाँदी भने तोलामा २० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार ६०५ रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार ५८५ रुपैयाँमा कायम भएको छ । गत बुधबार चाँदी हालसम्मकै उच्च ३ हजार ६५५ रुपैयाँ पुगेको थियो ।

असोज ३१ गते सुनको भाउ हालसम्मकै उच्च २ लाख ५८ हजार रुपैयाँ पुगेको थियो ।

तपाईको प्रतिक्रिया