लैङ्गिक हिंसा अन्त्यका लागि रिब्दीकोटमा १६ दिने अभियान

पाल्पा। रिब्दीकोट गाउँपालिकाको आयोजना तथा जिल्ला प्रहरी कार्यालय तानसेन, पाल्पाको सहजीकरणमा सञ्चालित लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान भव्यताका साथ सम्पन्न भएको छ । “प्रविधिको सहि प्रयोग गरौं, लैङ्गिक हिंसा अन्त्य गरौं” भन्ने मूल नाराका साथ मंसिर ९ गतेदेखि सुरु भएको अभियान साेमबार सम्पन्न भएकाे हाे।

समापन कार्यक्रममा बाेल्दै रिब्दीकोट गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले प्रविधिको सहि प्रयोग गरी लैङ्गिक हिंसा अन्त्यको लागि सफल हुनुपर्ने बताए । उनले प्रविधिको प्रयोगलाई सही रुपमा प्रयोग गर्ने सबै प्रकार हिंसा अन्त्यका लागि सबै सचेत हुने  र त्यसका लागि स्थानीय सरकारले  खेल्ने भूमिकामा गाउँपालिका सधै सकारात्मक रूपमा रहेर काम गर्ने प्रतिबद्दता व्यक्त गरे।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सुरेश भुसाल र पाल्पा जिल्ला अदालतका न्यायाधिवक्ता चुरामणी पराजुलीले सभ्य समाजमा सबै प्रकारका हिंसा अन्त्य हुनुपर्ने बताए । यस अभियानको समापन समारोह महिला कार्यक्रम समन्वय समितिकी संयोजक एवं रिब्दीकोट गाउँपालिकाकी उपाध्यक्ष कान्ता अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, वडा महिला जनप्रतिनिधिहरू, पालिकाभित्रका वडा महिला समन्वय समितिका अध्यक्षहरू, मेलमिलापकर्ता, महिला अधिकारकर्मी, कार्यालयका कर्मचारीहरू तथा सम्बन्धित सरोकारवाला पक्षहरूको उत्साहजनक उपस्थिति रहेको थियो।  कार्यक्रमको सञ्चालन महिला विकास शाखा प्रमुख पुण्डरी अर्यालले गरेकी थिइन ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer