पाल्पा । प्रभावकारी र समावेशी स्थानीय सरकारको सवलीकरण कार्यक्रम अन्तरगत निर्वाचित दलित महिला वडा सदस्यहरुका लागि नेतृत्व विकास, मिडियामा डिस मिसइन्फर्मेसन, बुझ्ने र व्यवस्थापन गर्ने सम्वन्धी तालिम सम्पन्न भएको छ ।
दलित महिला केन्द्रको आयोजना र तानसेन नगरपालिका समन्वय र द एसिया फाउन्डेशनको सहकार्यमा तानसेन नगरपालिकाभित्रका निर्वाचित दलित महिलाहरुका लागि लक्षित गरी बुधबार डिस मिसइन्फर्मेसन सम्वन्धी तालिम सञ्चालन गरिएको हो ।
कार्यक्रममा तानसेन नगरपालिका उपमेयर प्रतिक्षा सिंजालीको गलत सूचना सामाजिक सञ्जालमा आइरहेको हुन्छ, त्यस्ता सूचना र समाचारबाट जागिनुपर्ने बताइन् । सामाजिक सञ्जालमा आएका गलत सूचना पहिचान गरी आफु र आफ्नो समुदायलाई पनि सचेत बनाउनुपर्ने उपमेयर सिंजालीले सबैलाई अनुरोध गरिन ।
तालिममा लेखक तथा पत्रकार कृष्ण दर्नालले मिडियामा डिस, मिसइन्फर्मेसन, बुझ्ने र व्यवस्थापन गर्ने, जेनजी आन्दोलन पछिको सन्दर्भममा सहजीकरण गरेका थिए ।
गलत सूचना र भ्रामक प्रचारप्रतिको बुझाई, मिथ्या सूचनाको ऐतिहासिक सन्दर्भ, मिथ्या सूचनाको ७ प्रकारको वर्गीकरण, गलत सूचना र भ्रामक प्रचारले दलित महिलामाथि पारेको असर, गलत सूचनाले समुदायको विश्वासलाई कसरी कमजोर बनायो, गलत सूचनाबाट कसरी सुरिक्षत रहने, जानकारी कसरी जाँच गर्ने, नक्कली भिडियो र पोस्ट पहिचान गर्ने उपकरण, हानिकारक वा नक्कली पोस्ट कसरी रिपोर्ट गर्ने, मिथ्या सूचना फैलिन नदिन के–के गर्न छोड्ने, विश्वसनीय सूचना प्रवाह बढाउन कस्ता काम सुरु गर्ने, सकारात्मक अभ्यासहरूहरुलाई कसरी निरन्तरता दिने विषयमा छलफल केन्द्रीत थियो ।
कार्यक्रममा दलित महिला केन्द्रकी फिल्ड अफिसर निर्मला शाहीले दलित महिला जनप्रतिनिधिहरुलाई गलत सूचना र भ्रामक प्रचारबाट जोगाउने र समूदायलाई सचेत बनाउनुपर्ने बताइन् ।
कार्यक्रम कार्यपालिका सदस्य मन्जु विकले सामाजिक सञ्जालमा आएका सबै समाचार र सूचनामा सत्य र विश्वसीयता अभाव हुने भएकोले तथ्य परीक्षण गरेर मात्र शेयर गर्नुपर्ने बताइन् ।

कार्यक्रममा तासेन नगरपालिका ७ नम्वरकी वडा सदस्य मीना परियारले गलत र भ्रामक सूचना र समाचारहरुले दलित महिलाहरुलाई ठूलो असर गरेकोले त्यसबाट जोगिनुपर्ने बताइन् । कार्यक्रममा तानसेन नगरपालिका २ की वडा सदस्य मन्जु रणपालको स्वागत र दलित महिला केन्द्रकी फिल्ड अफिसर निर्मला शाहीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।





















