रिब्दीकोट गाउँपालिकाको १९ औं अधिवेशनः दुई विधेयक पेश

तानसेन। रिब्दीकोट गाउँपालिकाको गाउँसभाको १९औँ अधिवेशन सुरु भएको छ । शुक्रबार गाउँपालिको सभाहलमा सम्पन्न पहिलो बैठकबाट दुई विधेयक छलफलका लागि पेश भएका छन् । पहिलो बैठकमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व व्यवस्थापन विधेयक र शिक्षा ऐन, २०७४ संशोधन विधेयक, २०८२ पेश गरिएको हो।

दुई विधेयक छलफलपछि दोस्रो बैठकबाट पारित गरिने तयारी गरिएको सभाध्यक्ष एवं गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले जानकारी दिए । सभाध्यक्ष कार्कीले पेश गरेका १० वटा कार्यसूचीमाथि छलफल गरी बैठक सफलतापूर्वक सम्पन्न भएको बताइएको छ।

यसैबीच अधिवेशनमा चालु आर्थिक वर्षमा सर्वोत्कृष्ट कार्य गरे बापत रिब्दीकोट गाउँपालिका वडा न. ६ लाई वडा पुरस्कार स्वरुप रु ५ लाख वितरण गर्ने निर्णय समेत सभाबाट गरिएको  प्रमुख प्रशासकीय अधिकृत सुुरेश भुसालले जानकारी दिए ।

अधिवेशनमा उपाध्यक्ष कान्ता अधिकारी, सचिव सुरेश भुसाल, वडा अध्यक्ष, कार्यपालिका सदस्य र सभाका सदस्यहरुको उपस्थिती रहेको थियो। सभामा उपाध्यक्ष, वडा अध्यक्ष र सभाका सदस्यहरूले भनाइ समेत राखेका थिए ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको