वित्त आयोगको मुल्यांकन : पाल्पामा रिब्दीकोट पहिलो

तानसेन ।राष्ट्रिय स्रोत तथा वित्त आयोगको मुल्याङकनमा पाल्पा जिल्लामा रिब्दीकोट गाउँपालिका पहिलो भएको छ। जिल्लाका दुई नगर र ८ गाउँपालिकामध्ये ६९.९८ अंकसहित रिब्दीकोट पहिलो भएको हो।

आयोगले हालै सार्वजनिक गरेको प्रतिवेदन अनुसार पालिका पहिलो हुन सफल भएको गाउँ पालिका अध्यक्ष नारायण बहादुर कार्कीले बताए।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको निकायले सार्वजनिक गरेको स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कन गर्ने गर्दछ।

मूल्याङ्कनमा वित्तीय प्रगति, प्रशासनिक कार्यसम्पादन, सेवा प्रवाह, पारदर्शिता तथा सुशासन जस्ता सूचकका आधारमा श्रेणी निर्धारण गरिएको जनाइएको छ।

स्थानीय तहहरूबीच प्रतिस्पर्धात्मक कार्यसम्पादन सुधार गर्न र सेवा प्रवाह प्रभावकारी बनाउन यस्ता मूल्याङ्कनले सकारात्मक दबाब सिर्जना गर्ने अपेक्षा गरिएको छ।

अन्य स्थानीय तहहरुले कति ल्याए मुल्यांकन नम्बर हेर्नुस यो तालिका

Oplus_131072

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer